बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ « Khabarhub

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– ११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका-३ धारापानीका ३५ वर्षीय गणेश बिक पक्राउ परेका छन्।

पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका बिक पक्राउ परेका हुन् ।

स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य बिकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो । 

बिकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सइ कासीराम बुढाले बताए । 

शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  १ : २१ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान