दुई किलो सुनसहित विमानस्थलबाट पाँच जना पक्राउ | Khabarhub Khabarhub

दुई किलो सुनसहित विमानस्थलबाट पाँच जना पक्राउ


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले ल्याइएको सुनसहित पाँच जना पक्राउ परेका छन् । दुबईबाट काठमाडौँ आएको हिमालयन एयरको विमानभित्रबाट दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका घर भएका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिबाट विमानमा सरसफाइ गर्ने सुपरभाइजर सप्तरी सुरुङ्गा नगरपालिका घर भएका ३६ वर्षीय ताराकान्त चौधरी र पाँचथर याङवरक गाउँपालिका घर भएका २८ वर्षीय भीमकुमार माबो छन् ।

हिमालयन एयरको विमानभित्र सुनगाभा सप्लायर्स एन्ड सरसफाइ कम्पनीका सरसफाइ कर्मचारी माबो र तामाङले शौचालयभित्रको फोहाेरसँगै रहेको सुनको बिस्कुट बाहिर ल्याएका थिए । दुईजनाले सुन बाँडेर आ-आफ्नो पर्सभित्र लुकाएका थिए ।

विमानस्थलको फलामे गेट भएर उनीहरू बाहिर निस्किन खोजेका थिए । तर, उनीहरूको सामान स्क्यानिङ गर्ने क्रममा माबोले बोकेको पर्सभित्र टेपले बेरिएको सुन नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरीले जनाएको छ ।

उनले एक हजार १६६ ग्रामका १० थान बिस्कुट लुकाएर बाहिर ल्याउन खोजेका थिए । तर, स्क्यानिङको क्रममा बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए । तामाङले समेत पर्स भित्र उस्तै गरी एक हजार १६६ ग्राहका १० थान बिस्कुट बोकेका थिए ।

नियन्त्रणमा लिइएका दुवै जनालाई सोधपुछ गर्ने क्रममा सुन तस्करीमा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । सुन तस्करी प्रकरणमा ट्याक्सी चालकदेखि अन्य सरसफाइमा काम गर्ने कर्मचारीको समेत संलग्नता रहेको पाइएको हो ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ०० बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज