दुई किलो सुनसहित विमानस्थलबाट पाँच जना पक्राउ « Khabarhub

दुई किलो सुनसहित विमानस्थलबाट पाँच जना पक्राउ


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध तरिकाले ल्याइएको सुनसहित पाँच जना पक्राउ परेका छन् । दुबईबाट काठमाडौँ आएको हिमालयन एयरको विमानभित्रबाट दुई किलो ३३२ ग्राम सुनसहित पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उदयपुर लिम्चुङबुङ गाउँपालिका घर भएका २८ वर्षीय राजेश राई, दोलखा गौरीशंकर गाउँपालिका घर भएका ४१ वर्षीय हेमबहादुर थापा, सुनगाभा सप्लायर्स एन्ड सरसफाइ प्रालिबाट विमानमा सरसफाइ गर्ने सुपरभाइजर सप्तरी सुरुङ्गा नगरपालिका घर भएका ३६ वर्षीय ताराकान्त चौधरी र पाँचथर याङवरक गाउँपालिका घर भएका २८ वर्षीय भीमकुमार माबो छन् ।

हिमालयन एयरको विमानभित्र सुनगाभा सप्लायर्स एन्ड सरसफाइ कम्पनीका सरसफाइ कर्मचारी माबो र तामाङले शौचालयभित्रको फोहाेरसँगै रहेको सुनको बिस्कुट बाहिर ल्याएका थिए । दुईजनाले सुन बाँडेर आ-आफ्नो पर्सभित्र लुकाएका थिए ।

विमानस्थलको फलामे गेट भएर उनीहरू बाहिर निस्किन खोजेका थिए । तर, उनीहरूको सामान स्क्यानिङ गर्ने क्रममा माबोले बोकेको पर्सभित्र टेपले बेरिएको सुन नियन्त्रणमा लिइएको विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरीले जनाएको छ ।

उनले एक हजार १६६ ग्रामका १० थान बिस्कुट लुकाएर बाहिर ल्याउन खोजेका थिए । तर, स्क्यानिङको क्रममा बरामद गरिएको विमानस्थल प्रहरी प्रमुख भीमप्रसाद ढकालले बताए । तामाङले समेत पर्स भित्र उस्तै गरी एक हजार १६६ ग्राहका १० थान बिस्कुट बोकेका थिए ।

नियन्त्रणमा लिइएका दुवै जनालाई सोधपुछ गर्ने क्रममा सुन तस्करीमा संलग्न अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो । सुन तस्करी प्रकरणमा ट्याक्सी चालकदेखि अन्य सरसफाइमा काम गर्ने कर्मचारीको समेत संलग्नता रहेको पाइएको हो ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ०० बजे

स्पेन–केप भर्डे भिडन्त : पूर्ण फिट भए पनि यामाल सुरुवातमा बेन्चमै

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को महत्वपूर्ण

कर्णाली प्रदेशसभा : ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत

कर्णाली – कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको

हराएका सीमा स्तम्भ खोजी गरी पुनःस्थापना गरिने

कञ्चनपुर – नेपाल–भारत सीमा समन्वय समितिको बैठक यहाँ सम्पन्न भएको

परराष्ट्रमन्त्री खनाल र सिपिसीका नेता लिउबीच भेटवार्ता

काठमाडौं – चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – प्रतिनिधि सभा सदस्य खुश्बु ओलीको चरित्रहत्या गरेको आरोपमा