बागी उम्मेदवार फकाउन चितवन पुगेका दुई मन्त्री काठमाडौँ फर्किए « Khabarhub

बागी उम्मेदवार फकाउन चितवन पुगेका दुई मन्त्री काठमाडौँ फर्किए


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागी उम्मेदवारलाई फकाउन चितवन पुगेका दुई मन्त्री काठमाडौँ फर्किएका छन् । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किएका हुन् ।

दुवैजना शुक्रबार दिउँसो बुद्ध एयरको विमानबाट काठमाडौँ फर्किएका हुन् । बागी उम्मेदवारलाई फकाउन गृहमन्त्री खाँण १४ वैशाखमा चितवन गएका थिए । बिहीबार दिनभर उनलाई मनाउन अनेकन प्रयास गरेका थिए । तर, पौडेलले आफू निकै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नहुने अडान कायम राखेका थिए । घरमै पुगेर फकाउने प्रयास गरेका गृहमन्त्री खाँडलाई बागी उम्मेदवार पौडेलले आफू पछि नहट्ने बताएका थिए । 

पाैडेललाई फकाउन गृहमन्त्री खाँणसँगै राज्यमन्त्री श्रेष्ठ पनि घरमै पुगेका थिए । बिहीबार बिहान र राति गरेर दुईपटक छलफल गरे पनि उनी उम्मेदवारी फिर्ता लिन तयार भएनन् । त्यो बीचमा उनीहरूले विभिन्न अफरसमेत गरेका थिए ।

प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उनलाई गरेका थिए । उनलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुगेका थिए । तर, आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उनको अडान थियो । 

केही दिन अगाडि मात्रै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन पुगेका थिए । उनले कांग्रेस नेताहरूलाई भेटेर बागी उम्मेदवारी फिर्ता लिन लगाएका थिए । भरतपुरबाट प्रचण्ड छोरी रेणु दाहालले मेयरमा उम्मेदवारी दिएकी छिन् । यदि पौडेलले उम्मेदवारी फिर्ता नलिएको खण्डमा रेणुलाई जित्न मुस्किल पर्ने देखिन्छ । जसले गर्दा प्रचण्डको दबाब पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रयत्न गरिरहेका हुन् । 

उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका पौडेललाई नेपाली कांग्रेसले कारवाहीको तयारी गरेको छ । शुक्रबार बेलुकासम्म उम्मेदवारी फिर्ता लिने समय निर्वाचन आयोगले दिएको छ । तर, उनले पार्टीले अनुशासनका कारवाही गरे भोग्न तयार रहेको बताएका छन्। 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ३७ बजे

कोशी प्रदेशको बजेटको आकार ४० अर्ब २९ करोड ९८ लाख 

काठमाडौं– कोशी प्रदेशले आगामी आर्थिक वर्षको लागि ४० अर्ब २९

अफ्रिकन जायन्ट इजिप्ट र अपराजित बेल्जियमबीच रोचान्चक प्रतिस्पर्धा हुँदै

काठमाडौं- फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को आफ्नो पहिलो

राष्ट्रियसभामा बजेटमाथि छलफल : बजेट कार्यान्वयन, ऋण व्यवस्थापन र कर नीतिमा प्रश्न

काठमाडौं– राष्ट्रियसभामा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक

बागमती प्रदेशको बजेट ६६ अर्ब ९३ करोड ३१ लाख ३३ हजार 

काठमाडौं– बागमती प्रदेशले आगामी आर्थिक वर्षको लागि ६६ अर्ब ९३

नयाँ ऊर्जा र ‘पुन्टे’को साथमा पशुपति पेन्ट्सको दमदार पुनरागमन

काठमाडौं- १९९० को दशकमा टेलिभिजनको पर्दामा देखिने लोकप्रिय कार्टुन पात्र