रुसको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसी मुद्रा प्रचलनमा ल्याइने « Khabarhub

रुसको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसी मुद्रा प्रचलनमा ल्याइने


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसको नियन्त्रणमा रहेको युक्रेनी क्षेत्रमा रुसले आफ्नो रुबल मुद्रा प्रचलनमा ल्याउने भएको छ । रुसी नियन्त्रणमा रहेको दक्षिणी युक्रेनको खेर्सन क्षेत्रमा रुसले रुबल मुद्रा प्रचलनमा ल्याउने भएको हो ।

रुसी नियन्त्रणमा रहेको खेर्सनका सैनिक एवम् नागरिक प्रशासक किरिल स्ट्रेमोसेभलाई उद्धृत गर्दै रुसको रिया नोभोस्ती समाचार संस्थाले जनाएअनुसार आगामी १ मे देखि सो क्षेत्रमा रुबल मुद्रा प्रचलनमा ल्याइनेछ ।

‘मे १ देखि हामी रुबल क्षेत्रमा प्रवेश गर्नेछौँ ।’ उनलाई उद्धृत गर्दै रिया नोभोस्तीले जनाएको छ ।

समाचारमा जनाइएअनुसार चार महिनासम्म सो क्षेत्रमा रुबलका साथै युक्रेनी मुद्रा रिभ्नियालाई पनि चल्न दिइनेछ । यद्यपि चार महिनापछि भने सो क्षेत्रमा रुबलमात्र प्रयोग हुने जनाइएको छ ।

उनको भनाइको रुसी पक्षबाट आधिकारिक पुष्टि हुन भने बाँकी रहेको छ ।

यता युक्रेनी पक्षले भने लामो समयसम्म सो क्षेत्रलाई आफ्नो कब्जामा लिन रुसले यस्तो कदम चालेको टिप्पणी गरेको छ ।

युक्रेनी मानव अधिकारवादी निकायकी लुदमिला डेनिसोभाले यो योजनाको निन्दा गर्दै यसले अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन हुने टिप्पणी गरेकी छिन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ३५ बजे

काठमाडौँका यी स्थानमा आज विद्युत् कटौती हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

हिमालका थोरै र पहाडका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी