मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य | Khabarhub Khabarhub

मतगणनास्थलमा सिसी क्यामरा अनिवार्य


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा ७५३ वटै स्थानीय तहका मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामराको प्रबन्ध गर्न लगाएको छ ।

मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागि उपयोगी हुने भएकाले सिसी क्यामराको प्रबन्ध गर्न निर्देशन दिइएको हो ।

सो प्रयोजनका लागि आयोगले नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहलाई परिपत्र पनि गरिसकेको छ । आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनैकुनै पालिकामा उक्त क्यामरा राख्नैपर्ने नपर्ने भनेर सोधनी भएको उल्लेख गर्दै आयोगको निर्णय कार्यान्वयन गर्न आनाकानी गरिए मान्य नहुने र राख्न नचाहनुको अर्थ त्यहाँ कुनै गडबडी गर्न लागिएको त होइन रु भन्ने प्रश्न उत्पन्न बताए ।

गत निर्वाचनमा चितवनको भरतपुर महानगरपालिका र केही पालिकामा मतगणनामा विवाद हुँदा केही वडामा पुनःमतदानसमेत भएको थियो । निर्वाचनका लागि कूल १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र निर्धारण गरिएको छ ।

यसैगरी यसपटकको निर्वाचनमा फोटोसहितको नामावलीलाई लाहा छाप लगाएर मात्रै मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई पठाइएको छ । आयोगले रङ्गिन र श्यामवेत दुवै रंगमा प्रिन्ट गरी फोटोसहितको मतदाता नामावली दल सम्बन्धित पालिकागत आधारमा पठाएको आयोगका प्रवक्ता एवं सहसचिव पौडेलले जानकारी दिए ।

मतदाताले हेर्न चाहेमा आयोगका वेबसाइटमा नामावलीको सूची मात्रै हेर्न सक्नेछन् । निर्वाचनका लागि कूल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । यसैबीच आयोगले प्रदेश निर्वाचन अधिकारी र जिल्ला निर्वाचन अधिकारीसँग शुक्रबार भर्चुअल माध्यमबाट बैठक गरी निर्वाचन सामग्री र मतपत्रको ढुवानी र समग्र व्यवस्थापकीय तयारीबारे जानकारी लिएको छ ।

निर्वाचनका लागि पठाइएका सामग्री र मतपत्रको सुरक्षा, पालिका तहमा वितरण, आयोगका परिपत्रको कार्यान्वयन, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतसँगको समन्वय आदिबारे सो बैठकमा छलफल भएको छ ।

बैठकमा प्रदेश र जिल्लास्तरबाट उठाइएका विषयमा स्पष्ट पार्दै आयोगका प्रवक्ता पौडेलले निर्वाचनको मिति आउन दुई साता मात्रै बाँकी रहेको स्थितिमा जिम्मेवारीको संवेदनशीलतालाई बोध गरी सक्रिय र प्रोएक्टिभ हुन निर्देशन दिँदै जिल्लास्तरमा जनशक्ति नियुक्त गर्दा व्यावसायिकता र सक्षमतालाई प्राथमिकता दिन आग्रह गरे । उनले निर्वाचनसम्बन्धी सूचना र तथ्याङ्क आयोगको प्रणालीमा प्रविष्टिका क्रममा कुनै समस्या भएका जिल्लास्तरबाट समाधान गर्नुपर्ने भएकाले चनाखो हुन आग्रह गर्दै प्राप्त सामग्री र बजेटलाई राम्रोसँग रुजु (अध्ययन) गरेर अपुग भएमा माग गर्न वा स्थानीयरुपमा व्यवस्थापन गर्न सकिने खालका भएमा त्यहीँ व्यवस्थापन गर्न सुझाव दिए ।

उनले फोटोसहितको मतदाता नामावलीमा यसपटक लाहाछाप लगाएर निर्वाचन अधिकृतलाई पठाइएको, मतगणनास्थलमा अनिवार्यरूपमा सिसी क्यामराको व्यवस्था गर्न भनिएको स्मरण गराए

आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतदाता शिक्षासम्बन्धी कतिपय सामग्री कुरियरबाट पनि पठाइएकाले सोको उचित वितरण प्रबन्ध गर्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  २ : ४२ बजे

देशको राजनीतिले असल पार्टी खोजेको छः अध्यक्ष नेपाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

दिपक समिरको कथा संग्रह ‘मुना–मदनको डिभोर्स पार्टी’ सार्वजनिक

काठमाडौं – संचारकर्मी दिपक समिरद्वारा लेखिएको कथा संग्रह ‘मुना–मदनको डिभोर्स

स्कार्पियोबाट ७११ किलो गाँजा बरामद, चालक फरार

काठमाडौं- प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद

आजका समाचार : खानेपानी मन्त्रालयमा आगलागी, २०८४ ओवादीको हुनेमा प्रचण्ड ढुक्क र २७ वर्षपछि भाजपाको ‘कमब्याक’

बिना दबाबमा काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको आग्रहप्रधानमन्त्री केपी शर्मा ओलीले

मुख्यमन्त्री सिंहको निर्देशन- बिना स्वीकृति चलाइएका अस्पताल बन्द गर्नू

जनकपुरधाम– जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा नगरी