‘अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध छ’  « Khabarhub

‘अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध छ’ 


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दिगो विकास लक्ष्य र जलवायु लक्ष्य हासिल गर्न उत्थानशील एवं दिगो शहर निर्माण गरी नयाँ शहरी ‘एजेन्डा’ को प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छिन्।   

नयाँ शहरी एजेन्डाको कार्यान्वयन मूल्याङ्कन सम्बधी संयुक्त राष्ट्रसङ्घीय महासभाको उच्चस्तरीय बैठकलाई बिहीबार न्यूयोर्कमा सम्बोधन गर्दै उनले दिगोपन र समानताको भावनाले निर्देशित योजनाबद्ध शहरीकरणले शहरमा मर्यादित रोजगारी, आर्थिक वृद्धि र लगानीका अवसर ल्याउने बताइन्।

नयाँ शहरी एजेन्डाअनुरूप नेपालले शहरीकरणका लागि राष्ट्रिय मापदण्ड निर्धारणका साथै  राष्ट्रिय रणनीति र निर्देशिका लागू गरेको, आवास अधिकार ऐन–२०१८ कार्यान्वयन कार्यान्वयन  गरेको तथा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत तीन हजारभन्दा बढी घर निर्माण गरी असुरक्षित अवस्थामा रहेका परिवारलाई हस्तान्तरण गरेको उनले जानकारी दिइन्। 

सन् २०४५ सम्ममा नेट–शून्य उत्सर्जन लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धताबारे जानकारी दिँदै शहरी विकासमन्त्री झाँक्रीले प्रदूषण, फोहर व्यवस्थापन र स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न वातावरणमैत्री सहरी विकास योजनामा जोड दिइन्।

नेपाल भूकम्पीय जोखिममा रहेको र विगतमा अतिशक्तिशाली कम्पन भएकाले पुराना शहरी क्षेत्रलाई भविष्यमा हुने भूकम्पबाट जोगाउन प्रबलीकरण र सुदृढीकरणमा विशेष ध्यान दिइएको उनले बताइन्। नयाँ शहरी एजेन्डा कार्यान्वयनका लागि राष्ट्रसङ्घीय प्रणालीलगायत विकास साझेदारलाई वित्तीय र प्राविधिक सहयोग सुनिश्चित गर्न उनले आह्वान गरिन्। 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : १६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै