‘अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध छ’  « Khabarhub

‘अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध छ’ 


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले दिगो विकास लक्ष्य र जलवायु लक्ष्य हासिल गर्न उत्थानशील एवं दिगो शहर निर्माण गरी नयाँ शहरी ‘एजेन्डा’ को प्रभावकारी कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छिन्।   

नयाँ शहरी एजेन्डाको कार्यान्वयन मूल्याङ्कन सम्बधी संयुक्त राष्ट्रसङ्घीय महासभाको उच्चस्तरीय बैठकलाई बिहीबार न्यूयोर्कमा सम्बोधन गर्दै उनले दिगोपन र समानताको भावनाले निर्देशित योजनाबद्ध शहरीकरणले शहरमा मर्यादित रोजगारी, आर्थिक वृद्धि र लगानीका अवसर ल्याउने बताइन्।

नयाँ शहरी एजेन्डाअनुरूप नेपालले शहरीकरणका लागि राष्ट्रिय मापदण्ड निर्धारणका साथै  राष्ट्रिय रणनीति र निर्देशिका लागू गरेको, आवास अधिकार ऐन–२०१८ कार्यान्वयन कार्यान्वयन  गरेको तथा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत तीन हजारभन्दा बढी घर निर्माण गरी असुरक्षित अवस्थामा रहेका परिवारलाई हस्तान्तरण गरेको उनले जानकारी दिइन्। 

सन् २०४५ सम्ममा नेट–शून्य उत्सर्जन लक्ष्य हासिल गर्ने नेपालको प्रतिबद्धताबारे जानकारी दिँदै शहरी विकासमन्त्री झाँक्रीले प्रदूषण, फोहर व्यवस्थापन र स्वच्छ ऊर्जा प्रवर्द्धन गर्न वातावरणमैत्री सहरी विकास योजनामा जोड दिइन्।

नेपाल भूकम्पीय जोखिममा रहेको र विगतमा अतिशक्तिशाली कम्पन भएकाले पुराना शहरी क्षेत्रलाई भविष्यमा हुने भूकम्पबाट जोगाउन प्रबलीकरण र सुदृढीकरणमा विशेष ध्यान दिइएको उनले बताइन्। नयाँ शहरी एजेन्डा कार्यान्वयनका लागि राष्ट्रसङ्घीय प्रणालीलगायत विकास साझेदारलाई वित्तीय र प्राविधिक सहयोग सुनिश्चित गर्न उनले आह्वान गरिन्। 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : १६ बजे

भोटेकोशी बाढीको एघारौं दिन : विद्युत् पूर्वाधार र सुरुङ उद्धार अभियानलाई तीव्र पारियो

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् पूर्वाधारमा ठूलो

खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी

काठमाडौं– सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको मौलिक एवं प्रमुख सांस्कृतिक पर्व

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग