निवर्तमान मेयर अमानसिङ तामाङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए « Khabarhub

निवर्तमान मेयर अमानसिङ तामाङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसिङ तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । उनले उम्मेदवारी छनोट गर्ने सिलसिलामा गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पुनः नगर प्रमुखको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रेस विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारीले पार्टीलाई घाटा हुने सम्भावना देखेपछि आफूले फिर्ता लिएको बताए । ‘आम नगरवासीको चाहना, आम पार्टी नेता कार्यकर्ताको चाहना र शुभेच्छुकहरुको भावनालाई कदर गर्दै माओवादी केन्द्रलाई एक ढिक्का बनाई आगामी निर्वाचनमा जित सुनिश्चित गर्नका लागि मैले मेरो उम्मेदवारीलाई फिर्ता गर्ने निर्णय गरेको छु । निश्चय पनि फुटेर कसैको भलो हुँदैन ।

अझ सामाजिक रूपान्तरण र समाजवादी यात्राका लागि एकजुट हुनपर्ने आजको आवश्यकता रहँदै आएको छ । माओवादी केन्द्रको तर्फबाट मेयरका सशक कृष्णप्रसाद सापकोटा ’देशबन्धु’ को गठबन्धनलाई साथ, सहयोग गर्ने प्रतिवद्धताका साथ आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ५० बजे

भृकुटीमण्डपमा विशेष महाधिवेशनको तयारी तीव्र (तस्बिरहरू)  

काठमाडौँ – कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वले

बालेन लक्षित शंकरको प्रश्न : सिंहदरबार जलाउन उक्साउने को हो ?

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने को

बजेट अभावले होम्ताङ–पिखुवा लिफ्ट आयोजना निर्माणमा ढिलाइ

भोजपुर– बर्सेनि न्यून बजेट विनियोजन हुँदा भोजपुरको होम्ताङ–पिखुवा लिफ्ट खानेपानी

एनआरएनए अमेरिकाको स्पष्टिकरण- मन्त्री गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन

काठमाडौं– गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका (एनआरएनए अमेरिका)

तेहरानसहित इरानका विभिन्न शहरमा उग्र प्रदर्शन

तेहरान– इरानको राजधानी तेहरानसहित देशका विभिन्न शहरमा ठूलो सङ्ख्यामा प्रदर्शनकारी