निवर्तमान मेयर अमानसिङ तामाङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए « Khabarhub

निवर्तमान मेयर अमानसिङ तामाङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसिङ तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । उनले उम्मेदवारी छनोट गर्ने सिलसिलामा गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पुनः नगर प्रमुखको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रेस विज्ञप्ति जारी गर्दै उनले आफ्नो उम्मेदवारीले पार्टीलाई घाटा हुने सम्भावना देखेपछि आफूले फिर्ता लिएको बताए । ‘आम नगरवासीको चाहना, आम पार्टी नेता कार्यकर्ताको चाहना र शुभेच्छुकहरुको भावनालाई कदर गर्दै माओवादी केन्द्रलाई एक ढिक्का बनाई आगामी निर्वाचनमा जित सुनिश्चित गर्नका लागि मैले मेरो उम्मेदवारीलाई फिर्ता गर्ने निर्णय गरेको छु । निश्चय पनि फुटेर कसैको भलो हुँदैन ।

अझ सामाजिक रूपान्तरण र समाजवादी यात्राका लागि एकजुट हुनपर्ने आजको आवश्यकता रहँदै आएको छ । माओवादी केन्द्रको तर्फबाट मेयरका सशक कृष्णप्रसाद सापकोटा ’देशबन्धु’ को गठबन्धनलाई साथ, सहयोग गर्ने प्रतिवद्धताका साथ आफ्नो उम्मेद्वारी फिर्ता लिएको घोषणा गर्दछु,’ विज्ञप्तिमा उल्लेख छ ।

 

 

 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ३ : ५० बजे

शान्ति स्थापनाका लागि १० हजारसम्म सुरक्षाकर्मी पठाउन तयार छौँ : मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापनाका अभियानमा

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका विदेशमन्त्री एलिना भाल्टोनेनबीच

कांग्रेस हेटौँडाको नगर सभापतिमा ७ मतले कोइराला निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेस हेटौँडा उपमहानगर समितिको सभापति पदमा रामकृष्ण

एमाले केन्द्रीय कमिटी बैठक : अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित

काठमाडौं – नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अध्यक्ष केपी