रुसी आक्रमणमा परी युक्रेनमा रेडियो पत्रकारको मृत्यु « Khabarhub

रुसी आक्रमणमा परी युक्रेनमा रेडियो पत्रकारको मृत्यु


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनको राजधानी किभमा रुसी फौजले आक्रमण गर्दा एकजना पत्रकारको मृत्यु भएको छ । रुसी फौजको आक्रमणमा रेडियो लिबर्टीमा कार्यरत रेडियो पत्रकार भेरा हिरिच मारिएको बीबीसीले जनाएको छ ।

रेडियो लिबर्टीले विज्ञप्ति जारी गर्दै जनाएअनुसार रुसी फौजले प्रहार गरेको क्षेप्यास्त्र उनी बस्ने घरमा विष्फोट भएको थियो ।

उनले सन् २०१८ देखि रेडियो लिबर्टीका लागि काम गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

यसअघि किभका मेयर भिताली क्लित्स्कोले रुसी आक्रमणमा एकजनाको मृत्यु भएको बताएका थिए । यद्यपि त्यसबेला उनले मारिनेको पहिचान भने खुलाएका थिएनन् ।

रुसले किभमा आक्रमण गरेको पुष्टि गरेको बीबीसीले जनाएको छ । हाल रुसले आक्रमण गरेको स्थानमा उद्धार तथा खोजी कार्य जारी रहेको बताइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : २४ बजे

मिलेकै हुन् बालेन र कुलमान ? रविलाई भेट्न जेल पुगे सुधन

काठमाडौं- आफूलाई जेन-जी अभियन्ता बताउँदै आएका सुधन गुरुङले काठमाडौं महानगरपालिकाका

बारम्बार दुर्घटना हुन थालेपछि धोबीखोला करिडोरमा रेलिङ राख्न थालियो

काठमाडौं– काठमाडौंको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि

ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

भोजपुर– यहाँको टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच

पुटिन भारतको राजकीय भ्रमणका लागि प्रस्थान

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय भारत

अलैँचीको बजार मूल्य लगातार ओरालो

फुङ्लिङ – पछिल्लो समय अलैँचीको बजार मूल्य लगातार ओरालो लागेको