जिम्बाबेविरुद्ध एकदिवसीय शृंखला खेल्ने नेपाली टिमको घोषणा « Khabarhub

जिम्बाबेविरुद्ध एकदिवसीय शृंखला खेल्ने नेपाली टिमको घोषणा


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिम्बाबे ‘ए’ विरुद्धको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

शुक्रबार मुख्य प्रशिक्षक पुबुदु दासानायकेले एकदिवसीय शृंखलाका लागि नेपाली टोलीको कप्तानी सन्दीप लामिछानेले नै सम्हाल्ने घोषणा गरेका छन् ।

नेपाली टिममा किशोर महतोले ‘डेब्यु’ गरेका छन् । त्यस्तै, विकेटकिपर ब्याटर विनोद भण्डारी, सुनिल धमला र सुसन भारीले टोलीमा पुनरागमन गरेका छन् ।

नेपालले घरेलु मैदानमा १७ वैशाखदेखि जिम्बाबे ‘ए’ विरुद्ध तीन एकदिवसीय र तीन टी-२० क्रिकेट शृंखला खेल्ने तालिका छ । नेपालले पहिलो पटक टेस्ट मान्यता प्राप्त राष्ट्रको टिमविरुद्ध घरेलु मैदानमा शृंखला खेल्न लागेको हो ।

नेपाली टोली

सन्दीप लामिछाने (कप्तान), आशिफ शेख, देव खनाल, दीपेन्द्रसिंह ऐरी, रोहित पौडेल, आरिफ शेख, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, सागर ढकाल, विक्रम सोब, सागर ढकाल, किशोर महतो, सुनिल धमला, सुसन भारी र अदिल अन्सारी

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : ३६ बजे

विधानअनुसार विशेष महाधिवेशन बोलाउन मिल्छ, कार्यसमिति चयन गर्न मिल्दैन : कान्छाराम तामाङ

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री कान्छाराम तामाङले नेपाली कांग्रेसको

एमाले केन्द्रीय कार्यालयमा उम्मेदवारको नाम प्राप्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कार्यालयले आसन्न फागुन २१

प्रधानमन्त्री कार्यालयमा धर्ना बसे घाइते जेन-जी र शहीद परिवार (तस्बिरहरू)

काठमाडौं– जेन-जी घाइतेहरू र शहीदहरूको परिवारले आफ्नो माग पूरा नभएको भन्दै

गोरखामा रास्वपा नेताको गाडी तोडफोड

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता धनेज थापाको गाडीमा

नेपाली कांग्रेसले कुनै विशेष महाधिवेशन गरेको छैन : मिन विश्वकर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेपाली कांग्रेसले विशेष महाधिवेशन