लोसपाले भन्यो– कांग्रेस ‘जातीय दल’ र कम्युनिष्टहरू ‘विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी’ « Khabarhub

लोसपाले भन्यो– कांग्रेस ‘जातीय दल’ र कम्युनिष्टहरू ‘विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी’


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले शुक्रबार निर्वाचन घोषणापत्र सार्वजनिक गर्दै विभिन्न दलहरूलाई हेर्ने आफ्नो दृष्टिकोण बाहिर ल्याएको छ ।

लोसपाले नेपाली कांग्रेसलाई ‘नाम ठूलो, काम सानो’ गर्ने पार्टीको रूपमा चित्रण गरेको छ ।

देशको समृद्धि, नयाँ नेतृत्वको विकास, अग्रगामी परिवर्तनका मुद्दा, चुस्त र इमानदार शासन–प्रशासन र युवा नेतृत्वलाई अवसर आदि विषयमा नेपाली कांग्रेस अत्यन्तै उदासिन र असफल देखिएको निस्कर्ष लोसपाको छ ।

‘जबजब मधेसी, शिल्पी/दलित, थारु, मुस्लिम, आदिवासी, जनजाति, पिछडावर्ग, अल्पसंख्यक समुदाय, विपन्नवर्गलगायत बहिष्करण तथा वन्चितीकरणमा परेका र पारिएकाहरूको पहिचान, अधिकार र अवसरको कुरा गरिन्छ, नेपाली कांग्रेस एक जिम्मेवार राष्ट्रिय दलको भूमिकालाई बिर्सदै अत्यन्तै संकीर्ण, अनुदारवादी र जातीय दलको रूपमा आफूलाई संकुचित गर्छ,’ घोषणापत्रमा भनिएको छ ।

लोसपाले नेपालका कम्युनिस्ट पार्टीहरूलाई ‘विचारशून्य सत्तालोलुप राजनीतिक उद्यमी’ भनेको छ । नेपालको राजनीतिमा संख्यात्मक उपस्थिति जनाए पनि कम्युनिस्ट पार्टीहरूले आफ्नो औचित्य सावित गर्न नसकेको लोसपाले जनाएको छ ।

‘जुन पार्टीले चुनावमा अंकगणितीय अग्रताका लागि राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता र सामाजिक सद्भावलाई पनि बिथोल्न पछि पर्दैन, ती संगठनहरू राजनीतिक दल नै हो र त्यसको औचित्य छ भनेर कसरी भन्ने ?,’ लोसपाले घोषणापत्रमा प्रश्न गरेको छ ।

नेपालका कम्युनिस्ट पार्टीहरू स्वरूपमा राजनीतिक दल देखिएता पनि यी विचार, आचरण र व्यवहारले आफूलाई सिद्धान्तहीन, असंवेदनशील, चरम अवसरवादी, विकास विरोधी, संस्थागत रूपमै भ्रष्टाचारमा लिप्त, सत्तालोलुप र तथाकथित उपल्लो जातिहरूको राजनीति उद्यम गर्ने संगठन भएको निस्कर्ष लोसपाको छ ।

‘कम्युनिस्ट पार्टीहरू राष्ट्रिय विकासमा तगारो हाल्ने सबैभन्दा अग्रणी संगठनहरू हुन्,’ लोसपाको घोषणापत्रमा उल्लेख छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ४ : ५१ बजे

डुटेर्टेविरुद्ध तेस्रो महाभियोग दर्ता

एजेन्सी– फिलिपिन्सका क्याथोलिक पादरीवर्गका सदस्यहरूले सोमबार उपराष्ट्रपति सारा डुटेर्टेविरुद्ध महाभियोग

क्षमताभन्दा बढी ढुवानी गर्ने सवारीमाथि कारबाही गर्न यातायात व्यवसायी महासंघको माग

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले क्षमता भन्दा बढी ढुवानी

बिहानदेखि धुम्म काठमाडौंको आकाश दिउँसो केही खुल्यो

काठमाडौं– सोमबार बिहानदेखि धुम्म बनेको काठमाडौंको आकाश दिउँसो केही खुलेको

सनम हत्या प्रकरण : सुन तस्करीका मुख्य नाइके गोरेलाई थप १० वर्ष कैद सजाय

विराटनगर- ३३ किलो सुन तस्करी प्रकरणका प्रमुख योजनाकार ‘गोरे’ भनिने

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन– चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा महिला