क्याम्प छाडेका ११ खेलाडीको स्थानमा १७ नयाँ खेलाडीलाई अभ्यासमा बोलाइयो « Khabarhub

क्याम्प छाडेका ११ खेलाडीको स्थानमा १७ नयाँ खेलाडीलाई अभ्यासमा बोलाइयो


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण बन्द प्रशिक्षण छाडेका ११ खेलाडीको स्थानमा १७ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको छ ।

नेपालका लागि कुवेती नागरिक अब्दुल्लाहले ‘प्लेइङ सेट’ का ११ खेलाडीले टिम छोडेपछि यसअघि टिम बाहिर रहेका ८ खेलाडीसहित १७ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

दुई खेलाडी भने ‘बी’ डिभिजन लिग र ‘सी’ डिभिजन लिगबाट झिकाएका छन् । दुवै खेलाडी पहिलो पटक बन्द प्रशिक्षणमा बोलाइएका हुन् ।

आशिष चौधरी बी बाट हुन् भने मनिष जर्घा मगर सी डिभिजन पुल्चोक क्लबबाट हुन् । यस्तै एनएसएलमा एफसी चितवनबाट खेलेका सुनिल श्रेष्ठ पहिलो पटल क्याम्पमा परे ।

शिव गुरुङ, रुपबहादुर लामा, निरकुमार राई, अभिषेक बराल, विकास तामाङ र रोशन राना मगर यसअघि नै बन्द प्रशिक्षणमा पर्दै आएका छन् ।

शिव न्युरोड टिम एनआरटीबाट खेल्छन् भने रुपले जावलाखेलको प्रतिनिधित्व गरेका थिए । यस्तै निर नेपाल पुलिस क्लबका हुन भने अभिषेक सातदोबाटो युथका गोलरक्षक हुन् । रक्षक विकास त्रिभुवन आर्मी फुटबल क्लबका हुन् भने रोशनले ब्रिगेड ब्वाइज क्लब (बीबीसी) को प्रतिनिधित्व गरेका थिए ।

यता, आर्मीका जर्ज प्रिन्स कार्की र बिकेश कुथु, सातदोबाटोका आकाश बुढा मगर र सुुशिल राई,  थ्री स्टारका सन्जोक राई, मनाङ मर्स्यााङ्दीका गोलरक्षक विशाल सुनार र एपीएफ फुटबल क्लबका राजन गुरुङ टिममा फर्किएका छन् ।

यसअघि खेलाडीको मागलाई सिनियर खेलाडीका रूपमा प्रशिक्षक अब्दुल्लाहलाई आवाज सुनाउन पुगेका रक्षक रोहित चन्दलाई क्याम्पबाट निकालिएको थियो । आफ्नो आवाज सिनियरको आधारमा उठाएका चन्दलाई टिमबाट निकालिएपछि अन्य १० खेलाडीले समेत त्यसको भागिदार आफूहरू रहेको जनाउँदै होटल छाडेका हुन् ।

होटल छाड्नेमा रोहित चन्द, विमल घर्ति मगर, सुजल श्रेष्ठ, विशाल राई, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, सुमन लामा, तेज तामाङ र दिनेश राजवंशी रहेका छन् ।

टिम छाडेका खेलाडीलाई एन्फाअन्तर्गत रहेको खेलाडी संघले समेत समर्थन गरेको छ । पत्रकार सम्मेलनमा अध्यक्ष विक्रम लामा र उपाध्यक्ष विकेश कुथुको समेत उपस्थिति थियो ।

अध्यक्ष लामाले खेलाडीको गुनासो एन्फामा पुर्‍याएकाे र कुनै धारणा नआएको बताएका छन् । यस्तै माल्दिभ्समा व्यावसायिक फुटबल खेलिरहेका कप्तान किरणकुमार लिम्बूले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै खेलाडीलाई समर्थन गरेका छन् ।

नेपालले ११ र १५ जेठमा अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दैछ भने एएफसी एसियन कप–२०२३ को छनोट खेलहरू जेठ अन्तिम साता खेल्दै छ । जहाँ नेपालले बलिया प्रतिद्वन्दी जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्नेछ ।

यता, प्रशिक्षक अब्दुल्लाह खेलाडीको यो निर्णयसँगै नयाँ खेलाडीलाई अवसर दिने मूडमा देखिएका छन् । सोहीअनुसार उनले १४ खेलाडीलाई प्रशिक्षणमा बोलाएका हुन् ।

टिममा बोलाइएका नयाँ खेलाडी 

विकेश कुथु, अनिश चौधरी, निरकुमार राई, जर्ज प्रिन्स कार्की, विशाल सुनार, सुशील राई, राजन गुरुङ, सेसेहाङ आङदेम्बे, रुप बहादुर लामा, शिव गुरुङ, अभिषेक बराल, रोशन राना मगर , संजोक राई, मनिष जर्घा मगर, विकास तामाङ, आकाश बुढामगर, सुनिल श्रेष्ठ

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : २३ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति : १५औँ महाधिवेशनदेखि सरकारका १०० दिनसम्म छलफल

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको

विविधतामै नेपालको शक्ति, सामाजिक सद्भाव जोगाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बिराजभक्त श्रेष्ठले नेपालको शक्ति विविधतामा

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज