‘धड्कन २’ को तयारीमा जुटे नरेश « Khabarhub

‘धड्कन २’ को तयारीमा जुटे नरेश


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पुराना निर्देशक नरेश पौड्याल निर्देशनमा फर्किने भएका छन् । 

उनले १६ वर्ष अघि रिलिज भएको हिट फिल्म ‘धड्कन’ को नाममा नयाँ सिरिज बनाउँदैछन् । नरेशकै कथालाई यतिबेला मौनता श्रेष्ठले पटकथाको स्वरूप दिइरहेका छन् । ‘धड्कन २’ नाम रखिएता पनि फिल्मको अघिल्लो सिरिजसँग कुनै सम्बन्ध नरहने निर्देशक पौड्यालले बताए । 

‘कथालाई पटकथामा ढाल्ने कार्य भइरहेको छ । फिल्म प्रेम कथामै आधारित रहने छ । यद्यपि अघिल्लो सिरिजसँग यसको कुनै सम्बन्ध रहने छैन’ निर्देशक पौड्यालले भने । उनले फिल्ममा नयाँ पुस्ताका कलाकारहरू रहने समेत बताए ‘फिल्ममा कसलाई लिने भन्ने तय भएको छैन । किनकी हामी लेख्नकै क्रममा छौँ । यद्यपि नयाँ पुस्ताकै हालीमुहाली हुने सम्भावना छ’ उनले भने ।   

केही समय यता कलाकारको रुपमा मात्र सक्रिय निर्देशक पौड्यालले कथा भेटिएकोले निर्देशन गर्न लागेको बताए ।’मैले कथा नभेटेकोले पनि निर्देशनमा आएको थिइन् । कलाकारको रुपमा काम गर्दा पनि प्रविधि र ट्रेन्डसँग केही हदमा अपडेट नै छु’ निर्देशक पौड्यालले भने । संगीतसँगै लभ स्टोरीको ट्रेडमार्कलाई नयाँपुस्ता मैत्री बनाउने उनले बताए । 

योजना अनुसार नै स्क्रिप्टको काम सकिएमा फिल्म भाद्रबाट छायांकनमै लाने तयारी उनको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ५ : ३३ बजे

सुनचाँदीको मूल्य लगातार उकालो

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेको

‘एभेन्जर्स : डुम्स डे’ को टिजर सार्वजनिक, ‘क्याप्टेन अमेरिका’ को धमाकेदार कमब्याक

काठमाडौँ– हलिउडको बहुप्रतीक्षित सुपरहिरो फिल्म ‘एभेन्जर्स : डुम्स डे’ को

क्रान्तिकारी शक्ति एकताबद्ध हुन प्रचण्डको अपिल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सम्पूर्ण क्रान्तिकारी शक्तिलाई

सभापति देउवा र सञ्चारमन्त्री खरेलबीच निर्वाचनबारे छलफल

काठमाडौं– वर्तमान सरकार निर्वाचनको वातावरण बनाउन क्रियाशील छ ।  आगामी

हामी मिलेर हाम्रो आशाको बंगलादेश बनाउनेछौँ : तारिक रहमान

ढाका– बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष तारिक रहमानले