लागूऔषधसहित एक जना पक्राउ « Khabarhub

लागूऔषधसहित एक जना पक्राउ


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा लागूऔषधसहित बिहीबार प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी बोदेबर्साइन नगरपालिका–९ देउरी का घुरन यादवका १९ वर्षीय छोरा शंकर यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटिएको प्रहरीको टोलीले  लागूऔषध बेच्ने उद्देश्यले घरमा भण्डारण गरी राखेको अवस्थामा गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

यादवको साथबाट नाइट्राभेट(१० लेखिएको ट्यावलेट १ हजार २ सय ५० पिस, डाइजेपाम इन्जेक्सन ७ सय ५० एम्पुल, फेनेरागन ७ सय ५० एम्पुल, नुफिन इन्जेक्सन ७ सय ५० एम्पुलफेला परेको छ ।

उनीमाथि लागूऔषध कारोबार सम्बन्धित मुद्दा दर्ता गरी सप्तरी जिल्ला अदालतबाट म्याद थप गरिएको छ । घटनाको अनुसन्धान भइरहेको  प्रवक्ता काफ्लेले बताए

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : १६ बजे

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान