वडा अध्यक्षका उम्मेदवार घिमिरेले लिए उम्मेदवारी फिर्ता « Khabarhub

वडा अध्यक्षका उम्मेदवार घिमिरेले लिए उम्मेदवारी फिर्ता


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– हेटौंडा उपमहानगरपालिका-२ को वडा अध्यक्षमा उम्मेदवारी दिएका रवीन्द्र घिमिरेले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेपाली कांग्रेसले अर्का उम्मेदवार विष्णुगोपाल महर्जनलाई उम्मेदवारीको लागि टिकट दिएको थियो । महर्जनले पहिला नै उम्मेदवारी दिएपछि घिमिरेले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । 

घिमिरेले पत्रकार सम्मेलन नै गरेर पार्टीले आफूलाई अपहेलित गरेको भन्दै दुई जनालाई टिकट दिनेलाई कारबाहीको माग गरेका थिए । घिमिरेले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

घिमिरेलाई नेपाली कांग्रेस मकवानपुरका सभापतिले आमन्त्रित सदस्यमा मनोनीतसमेत गरेका छन् । वडा अध्यक्षमा बागी उम्मेदवारी दिएका कांग्रेसका अर्का नेता सुदि राजबाहकले भने उम्मेदवारी फिर्ता लिएनन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ६ : १९ बजे

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

वीरगञ्ज – चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै

स्वास्थ्य क्षेत्रमा कार्की आयोगको चासो- ‘विशिष्ट व्यक्तिको उपचारमा राज्यकोषको दुरुपयोग रोकौं’

जेन–जी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले