धनगढीमा १ मेयर, १० वडा अध्यक्ष सहित २५ जनाको उम्मेदवारी फिर्ता « Khabarhub

धनगढीमा १ मेयर, १० वडा अध्यक्ष सहित २५ जनाको उम्मेदवारी फिर्ता


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– यही वैशाख ३० गते हुने निर्वाचनका लागि धनगढी उप महानगरपालिकामा उम्मेदवारी दिएका मध्य मेयर पदका १, वडा अध्यक्ष पदका १०, वडा सदस्य पदका ९, महिला वडा सदस्य पदका ३ र १ जना दलित महिला सदस्य सहित २५ जनाले उम्मेदवारी फिर्ता गरेका छन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीका अनुसार धनगढी उप महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएकी राष्ट्रिय जनमोर्चाकी अञ्जना श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लगेकि छन् । 

यसैगरी वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका १० जनाले आफ्नो उम्मेदवारी फिर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुका अनुसार धनगढी–११ बाट वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका राजेशकुमार पन्त, वडा नम्बर–१३ बाट अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका भीम सिंह ऐर, १३ बाटै वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका गीता कुमारी गौतम, वडा नम्बर–१९ का लागि स्वतन्त्र उम्मेदवारी दिएका खुसी राम चौधरी, जसपाबाट धनगढी–१३ का लागि वडा अध्यक्षमा उम्मेदवारी दिएका कमल धामीले आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।

यसैगरी नागरिक उन्मुक्ति पार्टीबाट धनगढी–१२ का लागि वडा अध्यक्ष पदमा उम्मेदवारी दिएका पदमे कोली, एकीकृत समाजवादी पार्टीबाट धनगढी–५ कालागि उम्मेदवारी दिएका सुजित शर्मा, वडा नम्बर–१४ बाट स्वतन्त्र उम्मेदवारी दिएका हर्कबहादुर धामी, वडा नम्बर–१२ बाट स्वतन्त्र उम्मेदवारी दिएका ऐनबहादुर सिंह र माओवादी केन्द्रबाट धनगढी–१४ का लागि उम्मेदवारी दिएका कृष्णराज गिरीले शुक्रबार आफ्नो उम्मेदवारी फिर्ता लगेको मुख्य निर्वाचन अधिकृत पनेरुले बताए । 

उनका अनुसार पार्टी तथा स्वतन्त्र रूपमा विभिन्न वडामा उम्मेदवारी दिएका ९ जना वडा सदस्य, तीन जना महिला सदस्य र १ जना दलित महिला सदस्यले पनि आफ्नो उम्मेदवारी फिर्ता लगेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ७ : ४२ बजे

प्रतिभा रावलले सम्हाल्ने भइन् सामान्य प्रशासन मन्त्रालय

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टीकी सह-प्रवक्ता प्रतिभा रावललाई

कानुन मन्त्रालयको जिम्मेवारी सोबिता गौतमलाई दिइँदै

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भइसकेका बालेन्द्र शाहले चितवन क्षेत्र नम्बर ३

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

वीरगञ्ज – चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै