बाँकेमा ७७ जनाले लिए उम्मेदवारी फिर्ता | Khabarhub Khabarhub

बाँकेमा ७७ जनाले लिए उम्मेदवारी फिर्ता


१६ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बाँकेका ८ वटै स्थानीय तहमा उम्मेदवारी दिएका विभिन्न राजनीतिक दल तथा स्वतन्त्र ७७ जना उम्मेदवारले शुक्रबार साँझ आफ्नो उम्मेदवारी फिर्ता लिएका छन । 

निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार नेपालगञ्ज उपमहानगरमा १४, कोहलपुर नगरपालिकामा १६, राप्तीसोनारी गाउँपालिकामा १२, खजुरा गाउँपालिकामा १२, डुडुवा गाउँपालिकामा पाँच, जानकीमा ७, बैजनाथमा ७ र नरैनापुरमा ४ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् । 

 राजनीतिक दलतर्फ गठबन्धनमा रहेको नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा (एमाले) लगायतका दल र स्वतन्त्रबाट प्रमुख, उपप्रमुख तथा अध्यक्ष तथा उपाध्यक्ष, वडाध्यक्ष, वडासदस्य, महिला सदस्य पदमा परेको उम्मेदवारी फिर्ता भएको निर्वाचन अधिकृतका विभिन्न कार्यालयहरूले जनाएका छन् ।

निर्वाचन कार्यालय जानकीका निर्वाचन अधिकृत बासुदेव शर्माले दिएको जानकारी अनुसार बाँकेको जानकी गाउँपालिकाबाट अध्यक्षमा १, उपाध्यक्ष १, वडा अध्यक्ष ३ जना र २ जना वडा सदस्य गरी ७ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

बैजनाथ गाउँपालिकाका निर्वाचन अधिकृत टेकबहादुर थापाले दिएको जानकारी अनुसार बैजनाथमा ७ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

यसैगरी डुडुवा गाउँपालिकाका निर्वाचन अधिकृत फटिकराज मुडभरीले दिएको जानकारी अनुसार ५ जना स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । 

नेपालगञ्ज उप–महानगरपालिकाका बाट १४ जना विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन कार्यालय नेपालगञ्जका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाइँले जानकारी दिए । उनले दिएको जानकारी अनुसार मेयरमा १, उपमेयरमा १, वडा अध्यक्षमा ६, सदस्य महिला ३, दलित महिला सदस्य १ र खुला सदस्य २ गरी १४ जना रहेका छन् । 

कोहलपुर नगरपालिकामा रहेका १६ मध्ये एक जना प्रमुख, ५ वडाध्यक्ष अन्य सबै वडा सदस्य रहेको निर्वाचन अधिकृत तीर्थराज भट्टले जानकारी दिए । प्रमुख कांग्रेसका विद्रोही उम्मेदवार हुन् ।

यसैगरी राप्ती सोनारी गाउँपालिकामा १२ मध्ये ८ जना स्वतन्त्र र चार विभिन्न राजनीतिक दलका उम्मेदवार रहेको निर्वाचन अधिकृत टोपेन्द्र केसीले जानकारी दिए । तीमध्ये तीन वडाध्यक्ष, एक महिला सदस्य र आठ वडा सदस्य छन् । 

खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारका अनुसार खजुरामा १२ मध्ये तीन वडाध्यक्ष र ९ वडा सदस्यले उम्मेदवारी फिर्ता लिएका छन् । 

बाँकेका ८ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वटा वडाअध्यक्षका लागि २ हजार ३२९ ले उम्मेदवारी दर्ता गराएका थिए । बाँकेका आठ पालिका प्रमुख र उपप्रमुख तथा ८१ वडा अध्यक्षका लागि २ हजार ३ सय २९ जनाले उम्मेदवारी दर्ता गराएका थिए । 

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार  ८ : ०६ बजे

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

ललितपुर- ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका

बजेट तथा कार्यक्रम कार्यान्वयन गर्न मुख्यमन्त्री कार्यालयबाट पत्राचार

कर्णाली– कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष

इजरायलले गाजा नियन्त्रणको प्रस्ताव गरेपछि हमासले दियो बाँकी बन्दीबारे गम्भीर चेतावनी

इजरायल – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा नियन्त्रण गर्ने प्रस्ताव

राष्ट्रियसभा बैठक बस्दै, महालेखा परीक्षकको प्रतिवेदन पेस गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (शुक्रबार) बस्दैछ ।

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको