गणतन्त्रको रक्षाका लागि सबै जुटौँ : सभामुख सापकोटा « Khabarhub

गणतन्त्रको रक्षाका लागि सबै जुटौँ : सभामुख सापकोटा


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले परिवर्तित व्यवस्थाप्रति आमनागरिकलाई आशावादी तुल्याउन राज्यका जिम्मेवार निकायका पदाधिकारीमा अधिक जिम्मेवारीबोध हुन आवश्यक रहेको बताएका छन् ।

गणतन्त्र दिवस–२०७९ का अवसरमा आज शुभकामना दिँदै उनले गणतन्त्र स्थापनाका लागि त्याग र बलिदान गर्नेको मूल्याङ्कन एवं सम्मान, यससँग जोडिएका जनअपेक्षाको सम्बोधन गर्न सबैले ध्यान दिनुपर्ने बताएका छन्।

संविधानअनुरुप सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्ने दायित्व पूरा गर्न र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति सबै नेपालीले गर्व गर्ने अवस्था निर्माण गर्न अझ सुदृढ राष्ट्रिय एकताको खाँचो रहेको उल्लेख गर्दै सभामुख सापकोटाले राज्य संयन्त्रमा भएका परिवर्तन सबै तह र तप्काका नागरिकले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन हुन आवश्यक रहेको बताए ।

गणतन्त्र दिवसका अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी एवं दाजुभाइमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुहुँदै गणतन्त्र दिवसले राष्ट्रहित, गणतन्त्र, संविधानसहित उपलब्धिको रक्षाका लागि एकजुट हुने प्रेरणा मिलोस् भनी कामना गरेका छन् ।

गणतन्त्र स्थापनाका लागि भएका जनयुद्ध र जनआन्दोलनमा जीवन उत्सर्ग गर्ने सम्पूर्ण महान् सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनले गणतन्त्र प्राप्तिको लामो र कठिन सङ्घर्षमा घाइते तथा अपाङ्ग भएकाहरू एवं बेपत्ता योद्धाको बलिदानीभावको स्मरण र उच्च सम्मान व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ७ : ०० बजे

ईयू–मर्कोसुरबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता

असुन्सिओन- युरोपेली सङ्घ (ईयू) र दक्षिण अमेरिकी राष्ट्रहरूको मर्कोसुर ब्लकले

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै

ओली र बालेन्द्रसँग भिड्न धरानदेखि दमकसम्म खाली खुट्टै पैदलयात्रामा श्रमका समिर

धरान- हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट झापा क्षेत्र नम्बर

सिजीले सार्वजनिक गर्‍यो आइसिसी टी–२० वर्ल्डकप प्रत्यक्ष हेर्ने दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सिजीले ‘सिजीको साथमा, वर्ल्डकप टिकट हातमा’ ‘#लेभलअप!उइथसीजी’  योजना

‘डन ३’ मा फर्किए शाहरुख खान

काठमाडौं– बलिउडमा फेरि फिल्म ‘डन ३’ को चर्चा तातिरहेको छ