कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि चुनिए « Khabarhub

कांग्रेसबाट १३ हजार ७४८ जनप्रतिनिधि चुनिए


१५ जेष्ठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट हालसम्म १३ हजार ७४८ जनप्रतिनिधि निर्वाचित भएका छन् ।

निर्वाचन आयोगका अनुसार पालिकाहरुको प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र सदस्य पदमा उनीहरु निर्वाचित भएका हुन्।

मतगणना सम्पन्न भएका पालिकाहरुमा सबैभन्दा बढी जनप्रतिनिधि कांग्रेसबाट निर्वाचित भएको आयोगले जनाएको छ ।

आयोगले गत वैशाख ३० गते देशका सबै ७५३ वटै पालिकामा निर्वाचन गरेको थियो । कुल ३५ हजार २२१ जना जनप्रतिनिधिको लागि निर्वाचन गरिएको थियो । निर्वाचनमा विभिन्न दल र स्वतन्त्र गरी १ लाख ४५ हजार ११ जनाले उम्मेदवारी दिएका थिए ।

आयोगका अनुसार प्रमुखमा १४०, अध्यक्षमा १८८, उपप्रमुखमा ११०, उपाध्यक्षमा १९०, वडाध्यक्षमा २ हजार ६६३, महिला सदस्यमा २ हजार ६०४, दलित महिला सदस्यमा २ हजार ५४९ र सदस्यमा ५ हजार ३०४ जना जनप्रतिनिधि कांग्रेसबाट विजयी बनेका छन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १२ : ०० बजे

आज २०८३ साल कात्तिक १२ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर