‘बाबरी’ टिजरमा फेरिएका धिरज, गाउँले अदिति (भिडियो) « Khabarhub

‘बाबरी’ टिजरमा फेरिएका धिरज, गाउँले अदिति (भिडियो)


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हलमा प्रदर्शन भइरहेको फिल्म ‘कबड्डी ४ : द फाइनल म्याच’ हेर्न पुगेका दर्शकले सरप्राइज पाए । उनीहरूले धिरज मगर र अदिति बुढाथोकी अभिनीत फिल्म ‘बाबरी’ को टिजर ट्रेलर हलमा हेरे । हलमा टिजर देखिएसँगै दर्शकले टिकटकमा भिडियो क्लिप बनाउने संख्या बढेपछि निर्माण टिमले इन्टरनेट पनि रिलिज गरेको छ । एक सातापछि युट्युबमा टिजर ल्याउने तयारीमा रहेको फिल्म टिमले टिकटकमा भिडियो बढेसँगै टिजर रिलिज गरेको छ । 

सार्वजनिक गरिएको १ मिनेट २० सेकेण्ड लामो टिजरमा धिरजले अदितिलाई फकाउँदै गरेको देख्न सकिन्छ । यसमा धिरज नाडकरको पनि मुख्य भूमिका रहेको छ । ३ वर्ष भन्दा लामो समयपछि धिरजलाई दर्शकले नयाँ फिल्ममा देखेका छन् ।  भदौ ३१ गतेबाट रिलिज हुन लागेको फिल्म  ‘बाबरी’ टिजरमा प्रस्तुत धिरजको स्वरमा समेत पूर्ण रुपमा परिवर्तन छ । निर्देशक सुरेन्द्र पौडेलले धिरजको लुक्ससँगै स्वरमा पनि नयाँ पन दिन खोजेको बताए ।  ‘इन्टु मिन्टु लण्डनमा’ मा पश्चात धिरज पर्दामा देखिन लागेका हुन्।  

फिल्ममा बादल भट्ट, कमणमणी नेपाल, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला गुरुङ, दीलिप गुरुङ लगायतका कलाकारको पनि अभिनय रहेको छ । बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको निर्माता गणेश बुढाथोकी पुष्पलता बुढाथोकी हुन् । सुष्मा गुरुङ सह-निर्माता रहेको फिल्मको कथा निर्देशक पौडेलले नै लेखका हुन् । फिल्ममा काली प्रसाद बाँस्कोटा, सुजन चापागाईँ र अनमोल गुरुङको संगीत र एञ्जिला खत्री र विक्रम लामाको कोरियाग्राफी रहेको छ ।

फिल्ममा पटकथा तथा संवाद रीत सिंह बोहोरा, सिजद दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले मिलेर लेखेका हुन् । फिल्मको काठमाडौं, झापा, मोरङ र उत्तरी सिक्किमका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मका मुख्य सहायक निर्देशक रीत सिंह बोहरा हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  १२ : २८ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती