फाइल तस्वीर

आर्थिक

२३ अर्ब १३ करोडको ट्रेजरी बिक्री गर्दै राष्ट्र बैंक

By खबरहब

May 29, 2022

काठमाडौँ– नेपाल राष्ट्र बैंकले २३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।

बैंकले २८ दिनको अवधिको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल असार १४ गते परिपक्क हुनेछ । बैंकले ९१ दिनको अवधिको लागि ३ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल भदौ १४ गते परिपक्क हुनेछ । यस्तै, बैंकले १८२ दिनको अवधिको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल मंसिर १३ गते परिपक्क हुनेछ । त्यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि १२ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल वि.सं २०८० साल जेठ १६ गते परिपक्क हुनेछ ।

राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे बोलकबोल भएर पर्सि मंगलबार बिक्री हुनेछ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।