थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान « Khabarhub

थासाङको लाहुरकोटमाथि आगो बलेको देखियो, उद्धार टोली त्यसतर्फ प्रस्थान


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै फेला पर्न सकेको छैन ।

अहिले मुस्ताङको थासाङ गाउँपालिका-२ लाहुरकोट वरपर शंकास्पद वस्तु देखिएको छ । यार्सा टिप्न गएकाहरूले उक्त क्षेत्रमा आगो बलेको देखेपछि खोज तथा उद्धार टोली त्यसतर्फ प्रस्थान गरेको छ । थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले दूरबिनबाट हेर्दा उक्त क्षेत्रमा आगो बलेको देखिएको बताए ।

‘लाहुरकोटभन्दा माथितिर केही वस्तु देखिएको जस्तो थियो । तर, त्यो त यार्सा टिप्न गएकाहरूले टाँगेको टेन्ट रहेको छ । उनीहरूले त्यो भन्दा माथितिर आगो लागेको जस्तो देखेको बताएका छन् । सोही आधारमा टोली गएको छ,’ अध्यक्ष गौचनले भने ।

आगो बलेको देखिएको क्षेत्रमा पुग्न २र३ घन्टा लाग्ने र नेपाली सेनासहितको टोली त्यसतर्फ परिचालन भइसकेको उनको भनाइ छ । उक्त क्षेत्र मानापाथी हिमालको फेदमा पर्छ । त्यहाँ पुग्न हिँडेर तीन घन्टा लाग्ने उनको भनाइ छ । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको टुइनअटर जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ४ : ३५ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट