२ लाख गाई र २ लाख भैँसीको कृत्रिम गर्भाधान गर्ने सरकारको योजना « Khabarhub

२ लाख गाई र २ लाख भैँसीको कृत्रिम गर्भाधान गर्ने सरकारको योजना


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रम जारी छ ।

संघीय संसद्मा जारी बजेट भाषणका क्रममा अर्थमन्त्री शर्माले २ लाख भैंसी र २ लाख गाईको कृत्रिम गर्भाधान गर्ने योजनाको घोषणा गरेका छन् ।

उनले बाँकेको नेपालगञ्ज र कास्कीको पोखरामा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्राविधिक उपकरण जडान गरी उन्नत जातका साँढे र राँगा ल्याई पशुको नश्ल सुधार गरिने बताएका हुन् ।

अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गर्दै नगदे बाली खेतीलाई प्रोत्साहन गरिने घोषणा गरेका हुन् । अर्थमन्त्रीले आगामी ५ वर्षभित्र व्यापार सन्तुलन गर्ने, भूमिहिनलाई ३ वर्षभित्र भूमि उपलब्ध गराउने घोषणा समेत गरेका छन् । उनको बजेट भाषण चलिरहेको छ ।

हिजो प्रतिनिधि सभाले सरकारका नीति तथा कार्यक्रम पारित गरेपछि आइतबार अर्थमन्त्रीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको थियो । ४ बजेबाट अर्थमन्त्रीले संसद्मा सम्बोधन सुरु गरेका हुन् ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ५ : ०७ बजे

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको

निर्वाचन ४८ दिन बाँकी : के के हुन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार ?

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय