बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई रोकियो « Khabarhub

बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई रोकियो


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए । 

खोजी कार्यको लागि हेलिकोप्टर मार्फत र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सु र हिउँ पर्न थालेपछि आजको लागि खोजी कार्य रोकिएको उनको भनाइ छ । 

मुस्ताङको मानापाथी हिमाल फेदमा रहेको आशङ्कामा नेपाली सेना, नेपाल प्रहरी र यति एयरको उद्धार टोली त्यसतर्फ परिचालन गरिएको थियो । तर, आजलाई थप उद्धार कार्य गर्न सम्भव नरहेको भन्दै टोली फिर्ता हुन लागेको सीडीओ शर्माले बताए ।   

जहाजको खोजी कार्यका लागि नेपाली सेनाको ८२ जनाको टोली खटिएको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र तारा एयरको उद्धार टोली समेत सम्भावित क्षेत्रमा खटिएको छ । 

भोलि मौसम प्रतिकूलताको आधारमा खोजी कार्यमा टोली परिचालन हुने उनको भनाई छ । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो । चालकदलका तीन सदस्यसहित २२ जना यात्रुहरूको अवस्था अज्ञात रहेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ७ : ४७ बजे

मासुमा मात्रै होइन शाकाहारी भोजनमा पनि पर्याप्त प्रोटिन पाइन्छ 

काठमाडौं– हिजोआज कसरत गर्ने व्यक्तिहरू ‘प्रोटिन सेक, प्रोटिन पाउडर’ किनेर

दुर्गमको ‘लालझाडी’ सडक पूर्वाधार विकासले सुगम बन्दै

कञ्चनपुर– जिल्लाको दुर्गम क्षेत्रका रूपमा परिचित लालझाडी गाउँपालिका पछिल्ला वर्षहरूमा

विद्यालयको मनपरीविरुद्ध आन्दोलन गर्न अभिभावकलाई शिक्षामन्त्री पुनको आग्रह

काठमाडौं – शिक्षामन्त्री महावीर पुनले विद्यालयको मनपरीविरुद्ध अभिभावकले आन्दोलन गर्नुपर्ने

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका