बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई रोकियो « Khabarhub

बाक्लो हुस्सुका कारण सम्पर्कविहीन जहाजको खोजी कार्य आजलाई रोकियो


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ८ घण्टादेखि सम्पर्कविहीन तारा एयरको जहाजको खोजी कार्य रोकिएको छ । सम्भावित क्षेत्रमा बाक्लो हुस्सुका कारण खोजी कार्यमा समस्या भइरहेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नेत्र प्रसाद शर्माले जानकारी दिए । 

खोजी कार्यको लागि हेलिकोप्टर मार्फत र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको छ । तर, सम्भावित क्षेत्रमा बाक्लो हुस्सु र हिउँ पर्न थालेपछि आजको लागि खोजी कार्य रोकिएको उनको भनाइ छ । 

मुस्ताङको मानापाथी हिमाल फेदमा रहेको आशङ्कामा नेपाली सेना, नेपाल प्रहरी र यति एयरको उद्धार टोली त्यसतर्फ परिचालन गरिएको थियो । तर, आजलाई थप उद्धार कार्य गर्न सम्भव नरहेको भन्दै टोली फिर्ता हुन लागेको सीडीओ शर्माले बताए ।   

जहाजको खोजी कार्यका लागि नेपाली सेनाको ८२ जनाको टोली खटिएको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र तारा एयरको उद्धार टोली समेत सम्भावित क्षेत्रमा खटिएको छ । 

भोलि मौसम प्रतिकूलताको आधारमा खोजी कार्यमा टोली परिचालन हुने उनको भनाई छ । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो । चालकदलका तीन सदस्यसहित २२ जना यात्रुहरूको अवस्था अज्ञात रहेको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ७ : ४७ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको