पूर्वसांसद राई र पूर्णबहादुरबीच जाहेरी हालाहाल « Khabarhub

पूर्वसांसद राई र पूर्णबहादुरबीच जाहेरी हालाहाल


१५ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा स्थायी ठेगाना भएका पूर्वसांसद टंक राई र पूर्णबहादुर राईबीच जाहेरी हालाहाल भएको छ ।

पूर्णबहादुरलाई निर्घात कुटपिट गर्नमा संलग्न भएको भन्दै पूर्वसांसद राई सहित ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भए लगत्तै पूर्णबहादुरविरुद्ध पूर्वसांसद राईको कठालो समाएकामा अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता भएको हो ।

माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष रहेका पूर्वसांसद राईविरुद्ध शुक्रबार ज्यान मार्ने उद्योगमा जाहेरी दर्ता भएको हो । सोही दिन पूर्वसांसद राईले पूर्णबहादुरविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जाहेरी दर्ता गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी उमेश लम्सालले बताए ।

घाइते पूर्णबहादुरको आफन्तले पूर्वसांसद राई, विवेक राई, धनीराम राई सहित ६ जनाविरुद्ध जाहेरी दिएका हुन् ।

उनीहरूबीच ११ जेठ राती जालपास्थित एक होटेलमा कुटाकुट भएको थियो । पूर्वसांसद राईले सोही राति सामाजिक सञ्जालमार्फत आफूमाथि आक्रमण भएको खबर सार्वजनिक गरेका थिए । तर, पूर्णबहादुरलाई घाइते बनाएर उल्टै उसैलाई आक्रमण गरेको आक्षेप लगाएको छिमेकी गोपाल गुरुङ बताउँछन् । आक्रमण गर्ने पूर्णबहादुर नै घाइते अवस्थामा भेटिएपछि घाइतेका आफन्तले जाहेरी दिएको बताएका छन् । घाइते पूर्णबहादुर एमाले वडा कमिटी सदस्य हुन् ।

कुटपिटबाट घाइते भएका पूर्णबहादुरलाई जालपा सामुदायिक अस्पतालमा सामान्य उपचार गरेपछि जिल्ला अस्पताल लगिएको थियो । उनको टाउकोमा चार टाँका चोट लागेको छ । घाँटीमा चोट तथा अनुहारमा नीलडाम लागेको देखिएको छ । टाउकोमा चोट लागेको भन्दै जिल्ला अस्पतालले रेफर गरेपछि उनलाई बिहीबार साँझ काठमाडौं लगिएको छ ।

कुटपिटका घटनालाई लिएर कांग्रेस, माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीको गठबन्धन दल पूर्वसांसद राईको पक्षमा र एमाले पूर्णबहादुरको पक्षमा उभिएर आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

गठबन्धन दलले पूर्वसांसद राईमाथि आक्रमण भएको भन्दै बिहीबार विज्ञप्तिमार्फत दोषीमाथि कारबाही माग गरेको छ । एमालेले पनि सोही दिन विज्ञाप्तिमार्फत पूर्णबहादुरलाई मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएर उल्टै आक्रमण गरेको आरोप लगाएको जनाएको छ ।

पूर्वसांसद राई खाना खाएर सुत्ने तरखर गरिरहेकाबेला नजिकै बन्दुकले हान्ने भन्दै होहल्ला गरेपछि गएर सम्झाउन खोज्दा आफूमाथि आक्रमण भएको बताउँछन् । एमाले जालपाका वडाध्यक्षका उम्मेदवार पवन राईले पूर्णबहादुरलाई घाइते बनाएर घटनाको सत्यतथ्य लुकाउन कुप्रचार भएको दाबी गरे ।

उसो त पूर्णबहादुरमाथि स्थानीय तहको निर्वाचनमा मतदानस्थलको बार तोडेको, विजय जुलुसमाथि बोतल हानेको लगायतका आरोप छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ जेठ २०७९, आइतबार  ९ : ०१ बजे

स्थानीयीबासीले एक दिनलाई नभत्काइदिनु भन्दा पनि सुनेन सरकारले, बुद्ध जयन्तीकै दिन तोडियो गुम्बा

काठमाडौं- दुई सातादेखि संघीय राजधानी सहर काठमाडौंदेखि अन्य जिल्लामा पनि

गगन थापाले भने- सरकारले भन्सार राम्रो गर्ने नाममा नागरिकलाई दुख दिन हुँदैन

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपाल–भारत सीमा क्षेत्रमा

सांस्कृतिक कार्यक्रमसहित लुम्बिनीमा बुद्ध जयन्ती

काठमाडौं– लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँगको सहकार्यमा भारतीय

बुद्ध जयन्तीकै दिन गुम्बा र मन्दिरमा चलाइयो डोजर (तस्बिरहरू)

काठमाडौं– बुद्ध जयन्तीकै दिन काठमाडौंको बल्खुस्थित साङ्गे छोइलिङ्ग गुम्बा र

पछिल्लो २ सातामा विपद्का ६ सय ७४ घटना, ३६ जनाको मृत्यु 

काठमाडौं– चालु वर्ष २०८३ को वैशाख १ गतेदेखि १८ गतेसम्म