‘दुर्घटना कम गर्न ६ महिनामा गाडीको नवीकरण’ | Khabarhub Khabarhub

‘दुर्घटना कम गर्न ६ महिनामा गाडीको नवीकरण’


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- गण्डकी सरकारले आगामी वर्षदेखि गाडीको जाँचपास प्रत्येक ६ महिनामा गर्नुपर्ने नियम ल्याएको छ।

बजेट भाषणसँगै सरकारले गाडीको वार्षिक कर बृद्धी गरी हरेक ६ महिनामा जाँचपासको ब्यवस्था ल्याएको हो। संचार माध्यममा सरकारको उक्त निर्णयको समाचार आएपछि दुर्घटना न्यूनिकरण गर्नका लागि यस्तो व्यवस्था ल्याएको सरकारले जनाएको छ।

मंगलबार विज्ञप्ती जारी गर्दै अर्थ मन्त्रालयका प्रवक्ता बसन्तराज तिवारीले दुर्घटना कम गर्न र वातावरणीय प्रदुषण घटाउने उद्देश्यले नयाँ व्यवस्था गर्न लागिएको बताए।

‘जाँचपास वार्षिक रुपमा गर्ने गरी दस्तुर १ हजार लाग्ने व्यवस्था भएकोमा अब अर्धवार्षिक रुपमा ५ सय रुपैयाँ दस्तुर लाग्ने गरी जाँचपासको व्यवस्था गरिएको हो।

यसबाट थप शुल्क तिर्नुपर्दैन,’ उनले विज्ञप्ती मार्फत भनेका छन्, ‘अर्धवार्षिक रुपमा गरिने परीक्षणले दुर्घटना न्युनिकरण, नागरिकको सुरक्षा र वातावरण संरक्षण हुने तथ्यलाई मध्यनजर गर्न जरुरी देखिन्छ। सवारी साधनको नविकरण भने वार्षिक रुपमा एक पटक हुने छ।’

उनले संचार माध्यममा आएका समाचारहरु भ्रम रहेको भन्दै विश्वास नगर्न आग्रह गरेका छन्। सवारी साधनको जाँचपास नागरिक सुरक्षासँग जोडिएकोले उक्त समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको सरकारले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : २२ बजे

लापसे गरी सवारी चलाएका नौ चालक बनेपा प्रहरीको नियन्त्रणमा

काठमाडौँ – लागुपदार्थ सेवन (लापसे) गरी सवारीसाधन चलाइरहेका नौ चालकलाई

गाजामा इजरायलको क्रुरता : पाँच वर्ष मुनिका १२ हजार बालबालिका चरम कुपोषणले छट्पटाउँदै

एजेन्सी – गाजापट्टीमा उग्रवादी सङ्गठन हमास निमिट्यान्न पार्ने बहानामा इजरायलले

बहादुरसिंह लामाले पनि बानियाँलाई मत दिएपछि…

काठमाडौँ – नेपाली कांग्रेसका शीर्ष नेताहरूले संयुक्त निर्णय गरेर बागमती

कारागार व्यवस्थापनमा सुधार गर्न आयोगको निर्देशन

काठमाडौँ – राष्ट्रिय मानव अधिकार आयोगले कारागार व्यवस्थापन र कारागारभित्रको

सुक्खाग्रस्त सङ्कट झेलेका पर्साका कृषकलाई मलखादको पिरलो

वीरगञ्ज (पर्सा) : पर्साको जिराभवानी गाउँपालिका–५ कुडौलीका कृषक अलखदेवप्रसाद थारूले