अमेरिकामा ८ वर्षीय बालकले चलाए गोली, एक जनाको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा ८ वर्षीय बालकले चलाए गोली, एक जनाको मृत्यु


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिंगटन – फ्लोरिडामा एक आठ वर्षीय बालकले चलाएको गोली लागेर एक बच्चाको मृत्यु भएको छ । गोली लागेर सानो बहिनी घाइते भएकी छन् । आफ्नो बुबाको बन्दुक खेलाउने क्रममा उक्त घटना भएको जनाइएको छ ।

उक्त घटनापछि बालकका बाबु ४५ वर्षीय रोडरिक रान्डललाई गिरफ्तार गरिएको छ । उनमाथि लापरवाही गरेको र गैरकानूनी ढंगले बन्दुक राखेको तथा प्रमाण लुकाउने प्रयास गरेको आरोप लगाइएको एस्केम्बिया काउन्टी शेरिफ चिप सिमन्सले बताए ।

उक्त वियोगान्त घटना एउटा होटेलमा भएको थियो । आपराधिक रेकर्ड भएका रोडिकले होटेलमा आफ्ना छोरा लगेका थिए भने उनकी प्रेमिकाले दुई वर्षीय जुम्ल्याहा र एक वर्षकी छोरी साथमा लगेकी थिइन् ।

घटनाबारे प्रहरीले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार रान्डल आफ्नो हतियार कोठामा छोडेर बाहिर गएका थिए । उनी बाहिर गए पछि छोराले  त्यसलाई बाहिर निकालेर आमा सुतिरहेको बेला खेल्न थालेका थिए ।

‘बालकले खोलबाट बन्दुक तानेर खेल्ने क्रममा एक वर्षको बच्चामा फायर गर्छ। अन्ततः एक वर्षको बच्चालाई मार्छ। त्यसपछि फेरि गोली चल्छ। उनको गोली लागेर दुई वर्षको बच्चा मध्ये एक घाइते भएका छन्’, पत्रकार सम्मेलनमा प्रहरीले भन्यो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ४० बजे

चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस

एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलले आफू नेतृत्वको सरकार बनेपछिको १४

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा

ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्षको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग