नेपाली फिल्ममा अभिनय गर्दै ब्रह्मानन्दम्  « Khabarhub

नेपाली फिल्ममा अभिनय गर्दै ब्रह्मानन्दम् 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतीय कलाकार तथा प्राविधिकलाई लिएर तयार गर्ने भनिएको फिल्म ‘ह्रस्व दीर्घ’ मा चर्चित कमेडियन ब्रह्मानन्दम्ले अभिनय गर्ने भएका छन् । दक्षिण भारतीय चर्चित कमेडियन कलाकार ब्रम्हानन्दम्लाई फिल्ममा अनुबन्धित गरिएको निर्मात्री नीता ढुंगानाले जानकारी दिएकी छिन् । उनले सामाजिक सञ्जाल मार्फत यसको जानकारी गराएकी हुन् । दक्षिण भारतका मुख्य गरी तमिल र तेलगु भाषाका फिल्ममा देखिने ब्रम्हानन्दम् संसारकै सबैभन्दा धेरै फिल्म खेल्ने अभिनेता हुन् । हजारभन्दा बढी फिल्ममा देखिएका ब्रहानन्दम्ले यही कारण गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाएका छन् । 

यसअघि नै फिल्म ‘ह्रस्व दीर्घ’ मा फिल्म ‘पुष्पा’ को भिलेन सुनिल वर्मा ,‘गजनी’ का भिलेन प्रदीप सिंह रावतको पनि अभिनय रहने तय भइसकेको छ । यस्तै फिल्मलाई भारतीय डिरेक्टर अफ फोटोग्राफी कबीर लालले खिच्नेछन् । फिल्ममा फिल्म नेपालीसँगै हिन्दी भाषामा समेत निर्माण हुने भएकोले भारतीय प्राविधिक तथा कलाकारलाई समेटिएको निर्देशक चन्द्र पन्तले बताए । ‘फिल्म दुई भाषामा बन्दैछ । हामी कुनै सम्झौता बिना फिल्म तयार गर्ने तयारी गरिरहेका छौँ । भारतीय प्राविधिक कलाकार तथा प्राविधिक पनि संलग्न हुने भएकाले उहाँलाई लिएका हौं ’ निर्देशक पन्तले भने ।

फिल्मको छायांकन भारतको ‘रामोजी फिल्म सिटी’ मा छायांकन हुने भएको छ । फिल्मका लिड अभिनेता हरिहर अधिकारीले समाचारको पुष्टि गरेका छन् । केही समय अगाडि फिल्म निर्माण कम्पनी र फिल्म स्टुडियोबीच सम्झौता भएको हो । संसारकै सर्वाधिक ठुलो फिल्म सिटीको रुपमा गिनिज वर्ल्ड रेकर्ड कायम गरेको ‘रामोजी फिल्म सिटी हैदरावाद’ मा पहिलो पटक नेपाली फिल्मको छायांकन हुन लागेको हो

। बलिउड तथा दक्षिण भारका अधिकांश फिल्महरू उक्त स्टुडियोमा छायांकन हुँदै आएका छन् । निता फिल्म्सले भारतीय कम्पनी काकत्यान प्रोडक्सनसँग मिलेर फिल्म निर्माण गर्दैछ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : २८ बजे

इजरायलका परराष्ट्रमन्त्रीद्वारा नेपाली समकक्षीलाई बधाई

काठमाडौं– जरायलका परराष्ट्रमन्त्री गिडियन सारले आफ्ना नेपाली समकक्षी शिशिर खनाललाई

दुई गाउँको विवाद न्यायिक समिति र एक्यापद्वारा मेलमिलाप

मुस्ताङ– मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ स्थित (छुसाङ–तेताङ) गाउँबीच प्राकृतिक स्रोत

‘बखान’ उपन्यास पुरस्कृत

चितवन– यस वर्षको सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार आख्यानकार

म्याद थपका लागि पूर्वगृहमन्त्री लेखक सरकारी वकिल कार्यालयमा

काठमाडौँ – शनिबार बिहान पक्राउ परेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री

यस्तो छ पूर्वमन्त्री दीपक खड्काको पक्राउ पूर्जी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ