एन्फाको नयाँ टिमलाई कतार एफएको बधाई   | Khabarhub Khabarhub

एन्फाको नयाँ टिमलाई कतार एफएको बधाई  


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अखिल नेपाल फुटबल संघ (एन्फा)का नवनिर्वाचित पदाधिकारलाई फिफा विश्वकप २०२२ आयोजक राष्ट्र कतारको फुटबल संघले बधाई दिएको छ ।

६ असारमा भएको एन्फा चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै पंकजविक्रम नेम्वाङ अध्यक्षमा निर्वाचित भएका थिए । उनलाई बुधबार पत्र काट्दै कतार एफएले सफल कार्यकालको शुभकामनासहित सहकार्य गर्न तयार भएको प्रतिक्रिया दिएको हो ।

कतार एफएले पंकज अध्यक्षमा निर्वाचित भएको नौ दिनपछि बधाई शुभकामना दिएको थियो । निर्वाचनमा पंकज पक्षको बहुमत भए पनि क्लिन स्विप भने गर्न असफल भयो । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र तीन उपाध्यक्ष पंकज समूहबाट निर्वाचित भएका थिए ।

हाल कतार एफएले नेपाललाई सहिद स्मारक ए डिभिजन लिगको स्पोन्सर र नेपाली राष्ट्रिय फुटबल टोलीको कतारमा तयारी व्यवस्थासहित चोट बाकेका खेलाडीको अस्पेटार अस्पतालमा उपचार गराउन सहयोग गर्दै आएको छ ।

कतारले राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई समेत नेपालमा अनुदानमा प्रशिक्षण दिन पठाएको छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : ३० बजे

चितवनका तीन जनामा देखियो जापानिज इन्सेफलाइटिस

चितवन– सन् २०२५ मा हालसम्म चितवनका तीन जनामा जापानिज इन्सेफ्लाइटिस

एक वर्षे उपलब्धिको फेहरिस्त सुनाउँदै प्रधानमन्त्रीले भने- कुरा काट्ने काटिरहुन्, सरकार काम गर्दैछ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलले आफू नेतृत्वको सरकार बनेपछिको १४

रूपन्देही उपनिर्वाचन : विरासत जोगाउने ध्याउन्नमा राप्रपा, बदला लिने ‘मुड’ मा कांग्रेस

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि रूपन्देही–३ मा हुन गइरहेको उपनिर्वाचनको नतिजा

ऊर्जामन्त्री खड्कासँग एमसीसीका सहायक उपाध्यक्षको भेट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग अमेरिकी अनुदान सहयोग