कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना  « Khabarhub

कर्णाली प्रदेशमा पानी प्रयोगशाला स्थापना 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय कर्णाली प्रदेशले प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापनाको काम सुरु गरेको छ । प्रयोगशाला राख्नका लागि भवनको कामदेखि अन्य आवश्यक खरिदको काम सुरु गरेको छ ।

उपकरण भएर पनि बन्द कोठामा थन्किएका कारण काम  नभएको भन्दै जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले अब उपकरण सञ्चालनमा लागि आवश्यक पर्ने सबै कार्यहरु सुरु गर्न लागिएको बताए । त्यस्तै मन्त्रालयले पानी परीक्षणको मोवाइल भ्यानको समेत व्यवस्थापन गर्न लागिएको छ । पानी परीक्षणको काम व्यवस्थित अत्यधुनिक भवन निर्माण गरी तत्काल सुरु गर्न लागिएको योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताए ।

दुई करोड रुपैयाँमा काम सुरु गरिएको छ । १० जिल्लामा किट बक्स सहितको पानी जाँच गर्ने उपकरण पठाएर शुद्ध पानी मापनको काम सुरु गरेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले मानव जीवनसँग जोडिएको पानी जस्तो महत्वपूर्ण पाटोलाई व्यवस्थित गरेर लैजाने उदेश्यका साथ काम भइरहेको प्रमुख शर्माले बताए । अहिले जिल्लाका जुनसुकै ठाउँमा पानी जाँच गर्नका लागि स्थानीयवासीले बोलाउनेवित्तिकै तत्काल पानीको अवस्था पत्ता लगाउने काम सुरु भएको उनले बताए ।

१० जिल्लामा खानेपानी तथा सरसफाइको अवस्था एकै पटक पत्ता लगाउन र सूचना आदान प्रदान छिटो छरितो संम्प्रेशन गर्नका लागि एन वास अप्लिकेशन प्रशिक्षक तालिम दिएर सुरु गरिएको छ । कर्णाली पानीको लागि राम्रो क्षेत्र मानिएपनि शुद्धीकरण गरेर पिउने कार्य अझै व्यवस्थित नहुँदा पानीकै कारण धेरैलाइ समस्य परिरहेको भन्दै सो समस्य समाधान गर्न पहल गरिएको छ ।

बर्सेनि भारी मात्रामा खानेपानीका योजनाहरू निर्माण हुने, तर पानी शुद्धीकरणको अवस्था जानकारी नहुँदा समस्य भोगीरहेको तथ्य हाम्रो सामु रहेको भन्दै मन्त्री सिंहले आयोजना निर्माणका साथै पानीको शुद्धीकरणलाइ समेत महत्वपुर्ण पाटोको रुपमा लिएको बताए ।

बर्षायाममा फोहोर पानीका कारण धेरैलाई झाडापखाला तथा पानीजन्य रोग लाग्ने भएकाले सबैलाईसमेत रहेर पानी शुद्धीकरण गरेर मात्र पिउन आग्रह मन्त्रालयले गरेको छ ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १२ : ३६ बजे

स्रोत नखुलेको ६ लाखसहित दुई जना पक्राउ

सुनसरी– कोशी गाउँपालिका–८ भण्टाबारीबाट स्रोत नखुलेको ६ लाख ६९ हजार

चौबीस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौँ– सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र स्तनपान

बालेन सरकारले भुटानी शरणार्थी प्रकरणको पूरक अनुसन्धान अघि बढाउला ?

काठमाडौं– नेपालको इतिहासकै सबैभन्दा लज्जास्पद र संगठित अपराध मानिएको ‘नक्कली

५० वर्षपछि चन्द्रयात्राको नयाँ इतिहास : ‘आर्टेमिस– २’ का अन्तरिक्ष यात्री सफलतापूर्वक पृथ्वीमा अवतरण

काठमाडौँ– नासाको ऐतिहासिक ‘आर्टेमिस–२’ (क्रू क्याप्सुल) चन्द्र अभियान पूरा गरी

आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित

गुवाहाटी– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले लगातार चौथो