१०९ जीवित जनवारसहित थाइल्यान्डको विमानस्थलमा भारतीय महिला पक्राउ | Khabarhub Khabarhub

१०९ जीवित जनवारसहित थाइल्यान्डको विमानस्थलमा भारतीय महिला पक्राउ


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैंकक– बैंककको सुवर्णभूमि विमानस्थलमा दुई भारतीय महिला १०९ जीवित जनवारसहित पक्राउ परेका छन् । जनावर तस्करी गर्न खोजेको आरोपमा थाइल्यान्डका अधिकारीहरूले दुई जना महिलालाई सोमबार पक्राउ गरेका हुन् । एक प्रेस विज्ञप्तिमा थाइल्याण्डको राष्ट्रिय निकुञ्ज, वन्यजन्तु र वनस्पति संरक्षण विभागले एक्स–रे निरीक्षणपछि जनावरहरू दुई सुटकेसमा फेला परेको बताएको छ ।

लगेजमा दुईवटा सेतो दुम्सी, दुई ओटा सालक, ३५ वटा कछुवा, ५० वटा छेपारो र २० वटा सर्प फेला पारेका थिए । जनावर तस्कर गर्ने महिला नित्या राजा र जाकिया सुल्थाना इब्राहिम रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उनीहरू  चेन्नईको लागि उडानमा सवार थिए ।

उनीहरूलाई २०१९ को वन्यजन्तु संरक्षण तथा संरक्षण ऐन, २०१५ को पशु रोग ऐन र २०१७ को भन्सार ऐन उल्लंघन गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ । 

 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : २० बजे

सर्वसाधारणका लागि झापा इनर्जीले भदौ २० गते आइपीओ निष्काशन गर्ने

काठमाडौं – झापा इनर्जी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ)

गणेश चौथी : सूर्यविनायक मन्दिरमा भक्तजनहरूको भीड (तस्बिरहरू)

भक्तपुर– अग्रपूजाको अधिकार प्राप्त गरेका विघ्नहर्ता भगवान् गणेशको पूजाआराधना गरी

दोलखामा सडक दुर्घटनाः गौरीशंकर क्याम्पसका स्ववियू सभापतिसहित दुई जनाको मृत्यु

काठमाडौं – दोलखामा मोटरसाइल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

तनहुँका तीन हजार घरमा खानेपानी सेवा विस्तार

तनहुँ– एक वर्षमा तनहुँका तीन हजार घरमा खानेपानी सुविधा विस्तार

बजेट अभावले ‘नेपाल आमा’को मूर्ति निर्माण अलपत्र

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका– ८ स्थित चुरेफेदमा रहेको भम्केनी धाममा