रुपन्देहीमा बन्दै छ देशकै ठूलो र स्वचालित आलु उद्योग « Khabarhub

रुपन्देहीमा बन्दै छ देशकै ठूलो र स्वचालित आलु उद्योग


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल- रुपन्देहीमा मुलुककै ठूलो र पहिलो स्वचालित आलु उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुद्धोधन गाउँपालिकाको मैनहियामा स्थापना हुन लागेको यो उद्योग वातानुकुलित समेत हुनेछ ।

रुपन्देहीका प्रतिष्ठित उद्योगी कृष्ण पौडेलले फस्ट च्वाइस् फूड प्रालि नामक आलु उद्योगको स्थापना गर्न लागेका हुन् । बुटवलमा मासु उद्योगको सफलतापछि उनले आलु उद्योग सञ्चालनमा ल्याउन लागेका हुन् ।

आलु उद्योग अर्थात् फ्रेन्च फ्राई उत्पादन गर्ने उद्योगले ६ महिनाभित्र उत्पादन सुरु गर्दै छ । उद्योगी पौडेल नेपालमै मासुलाई आधुनिकीकरण गरेर नमुना उद्योगी बनेका थिए । करिब दुई अर्ब लागतमा उनले अहिले आलु उद्योग सुरु गर्न लागेका हुन् ।

‘जर्मन प्रविधिमा आधारित यो उद्योगले अबको  ६ महिनामा उत्पादन सुरु गर्नेछ,’ उद्योगी पौडेलले भने । उद्योगको उत्पादन क्षमता प्रति घण्टा दुई हजार केजी रहेको र  प्रत्यक्ष रूपमा एक सय ५० जनाभन्दा बढीले रोजगारी पाउँछन् । यो उद्योगले वार्षिक करिब साढे ६ अर्बको आयातलाई घटाउनेछ । हाल नेपालमा वार्षिक करिब १२ अर्बको आलु तथा यसका परिकारहरूको आयात भइरहेको छ । उनले अहिले जुन भन्सार दरमा फ्रेन्च फ्राईको आयात भएको छ यसलाई नबढाउन र यथास्थितिमा राख्न आग्रह गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १ : ३५ बजे

प्रेस चौतारी अध्यक्ष पाण्डेलाई संकट, संगठनका २३ नेतृले कसे मोर्चा

काठमाडौं- नेकपा एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघका नेता मञ्जिब क्षेत्रीलाई

जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो

एजेन्सी – मस्कोले जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता लरेन्ट भिनाटियरको बारेमा

बरियारपट्टी छोटी भन्सार स्तरोन्नतिको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापनपत्र

सिरहा– सिरहाको बरियारपट्टी गाउँपालिका–३ मा रहेको छोटी भन्सार कार्यालय बन्द

संघर्ष छिचोल्दै श्रीमान्–श्रीमती एकसाथ दीक्षित

काठमाडौं– जीवनमा सबैलाई अर्थपूर्ण साथको आवश्यकता पर्छ । अझ जिम्मेवारी