बेँसीशहर-चामे सडक अवरुद्ध « Khabarhub

बेँसीशहर-चामे सडक अवरुद्ध


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर-चामे खण्ड अवरुद्ध भएको छ ।

बेंसीशहर नगरपालिका-६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका-९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । मनाङतर्फ  म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।

डुम्रे–बेंसीशहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँ ठाउँमा पहिरोले क्षति पुर्‍याएको छ ।

मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए  ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  २ : ३२ बजे

खानेपानी तथा सरसफाइ अवस्थाको प्रतिवेदन सार्वजनिक

ललितपुर- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका ७५३ वटै स्थानीय तहको खानेपानी,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब