अष्ट्रेलियामा अन्जु र सञ्जिवको ‘विजडम नाइट’ हुँदै  « Khabarhub

अष्ट्रेलियामा अन्जु र सञ्जिवको ‘विजडम नाइट’ हुँदै 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली सुगम गीत संगीतकी चर्चित गायिका अन्जु पन्त अष्ट्रेलियाको विभिन्न सहरहरूमा गुन्जने भएकी छिन् । ‘विजडम नाइट’ नामक यो सांगीतिक यात्रामा सिड्नीमा नै रहेका गायक सञ्जिव पराजुलीले अन्जुलाई साथ दिने भएका छन् ।

दसैँको अवसर पारेर विजडम इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘विजडम नाइट’ सेप्टेम्बर १७ देखि सेप्टेम्बर ३० सम्म आयोजना हुने जानकारी विजडम एजुकेसन कन्सल्टेन्सीका सीईओ सफल कार्कीले गराएका छन् । ‘अष्ट्रेलियाको विभिन्न सहरहरूमा रहनु हुने गीत संगीत अनुरागीहरूको चाह र माग अनुरूप नै हामीले अन्जु पन्तको साथमा सञ्जिव पराजुलीलाई लिएर सांगीतिक कार्यक्रमको आयोजना गर्न लागेका हौँ ‘ कार्कीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रम पहिले १७ सेप्टेम्बरका दिन सिड्नीमा हुने छ त्यसपछि भने अन्य सहरहरूमा क्रमशः यो सांगीतिक कार्यक्रमको यात्रा अघि बढ्ने छ । अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माझ प्रस्तुत हुने अवसर मिलेकोमा गायिका पन्तले पनि खुसी व्यक्त गरेकी छिन् । ‘दसैँको अवसरमा अष्ट्रेलियामा रहनु हुने नेपालीहरू माझ गीत संगीत मार्फत मनोरन्जन प्रदान गर्न म आउँदै छु । हजुरहरू पनि आउनु होला । सँगै नाचौँला, गाउँला र रमाइलो गरौँला’ पन्तले आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : ०१ बजे

लहान नगरपालिकामा आधुनिक ‘ब्लड बैंक’ स्थापना हुने

सिरहा– सिरहाको लहान नगरपालिकामा आधुनिक ‘प्रमेश्वर–आत्माराम मुरारका ब्लड बैंक’ निर्माण

कोशी प्रदेशमा नतिजामुखी बजेट निर्माण गर्छौँ : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

दाङका १० जनाले बुझाएनन् चुनावी खर्चको विवरण

दाङ– गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ

कञ्चनपुर– जिल्लाका मुख्य राजमार्ग क्षेत्रमा सवारी दुर्घटनाको जोखिम बढ्न नदिन