पानी परेपछि दाङका किसान खुशी | Khabarhub Khabarhub

पानी परेपछि दाङका किसान खुशी


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- असारको दोस्रो हप्तासम्म दाङमा ५ प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र दाङका सूचना अधिकारी मनोजकुमार सिंहले जानकारी दिए। उनका अनुसार गत वर्ष सो अवधिमा जिल्लामा ६० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।

अहिलेसम्म जिल्लाको देउखुरी क्षेत्रका केही गाउँमा रोपाइँ सम्पन्न भइसकेको छ। घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण, गढवा, राजपुरलगायतका  गाउँपालिकाका केही ठाउँमा  छिटपुट रूपमा मात्र रोपाइँ सम्पन्न भएका छन् । तीमध्ये केही ठाउँमा रोपाइँका लागि तयार भइसकेको बीउ पनि मर्न थालेकोमा गए राति परेको पानीले धेरै राहत मिलेको किसान बताउँछन् । केही ठाउँमा किसानले जसोतसो गरेर धानको बीउसम्म राखेका छन् । कुनै ठाउँमा भने अझै बीउसमेत राख्न सकेका छैनन् ।

यसैबिच गएरातिदेखि यस जिल्लामा पानी परेकाले किसान खुसी भएका छन् । आज बिहानैदेखि यहाँका  किसान खेतीपातीको काममा व्यस्त छन् । मानो छरेर मुरी फलाउने यस समयमा किसान दिनभर खेतीपातीको काममा व्यस्त देखिन्छन् । जिल्लामा छिटपुट रूपमा वर्षा भए पनि खोला नै आउने गरी अझै पानी परेको  थिएन, गएरातिदेखि पानी परेकाले अब खेतीपाती हुन्छ कि भन्ने आशा पलाएको छ, पश्चिम दाङको शान्ति नगर गाउँपालिका–७ धनौराका ४० वर्षीय  भानु चौधरीले भने ।

उनी भन्छन्,“कुलोमा कहिले पानी आउला र  धान रोपाइँ गरौँला भनी कुरेर बसेको थिएँ । रातिदेखि ठूलो  पानी परेपछि आज बिहानैदेखि  खेत जोत्न सुरु गरेको छु ।”  यसै गरी पानी परे अबको चार दिनमा धान रोपाइँ सुरु गर्ने सकिने बताए । उनले थपे ,“ब्याड  रोप्नका लागि तयार भइसकेको छ अब यसै गरी निरन्तर पानी परेपछि ट्र्याक्टर प्रयोग गरेपछि तीन चार दिनमै रोपाइँ गर्ने गरी तयारीमा छु ।” उनले यस पटक  धान रोपाइँ गर्दा आवश्यक पर्ने मल नहुँदा उत्पादनमा कमी आउने बताए ।

त्यसै गरी तुलसीपुर उपमहानगरपालिका–१३ ढकनाका ५० वर्षीया रेशमी भट्टराईले पनि पर्याप्त पानी नहुँदा धान रोपाइँ गर्न नसकेको बताए। समयमा पानी नपरेपछि धानको बीउ बोरिङको पानी प्रयोग गरेर राखेको बताएका उनले गए राति परेको पानीले केही आशा पलाएको बताए । उनले यहाँका अधिकांश खेत आकाशे पानीको भरमा हुने र पर्याप्त वर्षा नहुँदा  रोपाइँ गर्न समस्या हुने बताए ।

तुलसीपुर नगरपालिका–६ रजौराका  ५५ वर्षीया ज्ञानु चौधरीले पनि गए राति परेको पानीले आफूजस्ता सयौँ किसानलाई धेरै राहत मिलेको बताए। वर्षा निरन्तर भएमा  एक हप्ताभित्र धान रोपाइँ  सुरु गर्ने  चौधरीले बताए ।

यसैबिच १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव यस जिल्लामा पनि सम्पन्न भएको छ ।  जिल्लाको  तुलसीपुर,  घोराही,  लमही ,राप्ती गाउँपालिका लगायतका स्थानमा रोपाइँ महोत्सव गरिएको छ ।  तुलसीपुर उपमहानगरपालिकाले आयोजना गरेको धान रोपाइँ  वडा नं १ को  भमके गाउँमा  सम्पन्न भएको छ ।

जिल्लामा गत वर्ष ३८ हजार हेक्टर क्षेत्रफल जग्गामा धान खेती गरिएकोमा यस वर्ष ३९ हजार ४०० हेक्टर क्षेत्रफल जग्गामा धान खेती गरिने अनुमान गरिएको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । केन्द्रका अनुसार यहाँका किसानले सावित्री, राधा ४, सुनौलो सुगन्ध, लोकतन्त्र, गोरखनाथ, लोकनाथ, युएस ३१२, लगायतका वर्ण सङ्कर जातका धान लगाएका छन् ।

यस्तै कम पानी हुने ठाउँमा सुक्खा–१, सुक्खा –२, सुक्खा–३ जातका धान लगाउने गरिएको छ । जिल्लामा यस पटक धान रोपाइँको लागि आवश्यक पर्ने रासायनिक मलकोसमेत अभाव रहेको  छ । जिल्लामा युरिया मलको अभाव भएपछि किसानले मल नहालेर नै धान रोपाइँ गर्न थालेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : १३ बजे

आज २०८२ साल साउन २ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन २ गते शुक्रबार। साउन

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल