‘बुलाकी’ ले तय गर्‍यो रिलिज  « Khabarhub

‘बुलाकी’ ले तय गर्‍यो रिलिज 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फिल्म ‘बुलाकी’ कार्तिक १८ बाट प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले रिलिज तय गर्दै पोस्टर समेत सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको पोस्टरमा फिल्मकी लिड कास्ट सुरक्षा पन्त, नरेन खड्का र विराज विष्ट फिचर्ड छन् । गाउँले लुक्समा तीनै पात्र कर्णालीको सेटअपमा छन् ।

कर्णाली भेगको जनजीवन, रीतिथिति तथा संस्कृति समेटिएको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । टोपेन्द्र विष्टको निर्माण रहेको फिल्ममा स्व. मोति विष्ट प्रस्तुत कर्ता छन् ।

डोल्पा, जाजरकोट र रुकुममा खिचिएको फिल्ममा सुरक्षा, नरेन्द्र खड्का, नवअभिनेता विराज विष्ट र प्रकाश कँडेल, रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, सरस्वती खत्री, उपासना वाइवा, सोनु सेढाइँ, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त परियारको अभिनय छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा सौगात कँडेल सह निर्माता रहेको फिल्ममा शिव ढकालको छायांकन छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ३ : १९ बजे

कोशीटप्पुको निगुरो काठमाडौँको कालीमाटीमा

सुनसरी– कोशी गाउँपालिका– ८ भन्टाबारीकी मीरा मेहताले विगत सात वर्षदेखि

नागपञ्चमी : सर्पलाई किन देवता मानेर पूजा गरिन्छ ?

नेपाललाई प्रकृति, संस्कृति र धर्मको अनौठो संगमका रूपमा चिनिन्छ। यहाँ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेशसभाबाट विश्वासको मत

बाजुराको बडिमालिका मन्दिरमा मेला तथा पूजा प्रारम्भ

बाजुरा– धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडिमालिका मन्दिरमा आजदेखि मेला

उद्योग समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिय र