अटो र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते  « Khabarhub

अटो र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते 


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको डिलाशैनी गाउँपालिका-६को बांगाबगरमा अटो रिक्सा र मोटरसाइकल ठोक्किँदा पाँच जना घाइते भएका छन् ।

सु.प.प्र.०२००३प ९३६७ नम्बरको मोटरसाइकल र सु.प.प्र.०१ ००१ह ४९६७ नम्बरको अटो रिक्सा ठोक्किएको हो ।

दुर्घटनामा घाइते हुनेमा बैतडीको दोगडाकेदार गाउँपालिका-१ किम्तडीका ५० वर्षीय खुईले भूल, डिलाशैनी -६ का मोटरसाइकल चालक ३५ वर्षीय भरत माल तथा सोही ठाउँका अटो चालक ४० वर्षीय मनोरथ नाथ रहेका छन् ।

यसैगरी, दार्चुलाको लेकम -१ सिजालीका ३२ वर्षीय मानसिंह कार्की र उनकै ३० वर्षीय श्रीमती भागरथी कार्की रहेका छन् ।

घाइते सबै जनाको गोकुलेश्वर प्राथमिक स्वास्थ्य केन्द्र दार्चुलामा उपचार भइरहेको डिलाशैनी गाउँपालिका प्रवक्ता यज्ञराज भट्टले बताए । घाइते ३जनाको हात, खुट्टा र पेटमा गम्भीर चोट रहेको छ ।

मोटरसाइकल गोकुलेश्वर बजार बाट पञ्ज्युनया तर्फ गइरहेको अटोलाई विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकलले ठक्कर दिएको हो ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ४ : ३४ बजे

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज