काठमाडौँ– एनएमबि बैंक र ट्रेकिङ एसोसिएसन अफ नेपाल टानबीच डिजीटल सेवाहरु लाई प्राथमिकतादिनको लागी समझदारी भएको छ । उक्त समझदारी अषाढ ९ मा सम्पन्न भएको हो । उक्त समझदारीको लागी बैंकको तर्फबाट प्रमुख ब्यापार तथा रणनीति अधिकृत सुदेश उपाध्याय र टिएएएनको तर्फबाट अध्यक्ष खुब बहादुर सुबेदीबीच समझदारीपत्र हस्तान्तरण भएको छ ।
उक्त समझदारी पत्रमार्फत टानका सदस्यहरूले एनएमबि बैकको डिजीटल सेवाहरू सजिलै उपभोग गर्न सक्नेछन् । एनएमबि बैंकले डिजिटल सेवाहरू वी च्याट, पोस, क्युआर र पेमेन्ट गेटवे जस्ता सुविधाहरू प्राथमिकताको साथ प्रवाह गदै आइरहेको छ । यी सेवाहरुले गर्दा टानका सदस्यहरूलाई ब्यापार व्यवसायमा सहजीकरण हुने विश्वास लिइएको छ । एनएमबि बैंकले ग्राहकहरूलाई डिजिटल कारोबारको उपयोगिताको महत्व बढाउन यस्ता किसिमका अभियानहरू सञ्चालन गर्दै आएको छ ।
एनएमबि बैंक दि फाइनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको बैंक हो । एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागी पनि उक्त पत्रिकाद्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरुमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।
प्रतिक्रिया