ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा « Khabarhub

ज्योति विकास बैंकको नयाँ शाखा ललितपुरको टीकाथलीमा


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ज्योति विकास बैंकले बुधबार ललितपुरको टिकाथली मा ११८औं शाखाको औपचारिक उद्घाटन गरेको  छ । बैंकिङ पहुँच थप विस्तार गर्दै आफ्ना सेवा सहजरूपमा ग्राहकसमक्ष पुर्‍याउने उद्देश्यले बैंकले नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

महालक्ष्मी नगरपालिका वडानं. ५, ललितपुरस्थित टिकाथली शाखाको समुद्घाटन महालक्ष्मी नगरपालिकाका मेयर  हरिगोविन्द श्रेष्ठ र बैंकका अध्यक्ष  हरिचन्द्र खड्काले संयुक्तरुपमा गरेका थिए । उद्घाटन समारोहमा बैंकका सञ्चालक समितिका सदस्य, बैंकका विभिन्न पदाधिकारी र कर्मचारीहरू, ग्राहक तथा स्थानीय व्यवसायीहरूको पनि उपस्थिति रहेको थियो। साथै, ग्राहकको सेवामा थप विस्तार गर्दै सेवालाई छिटो, छरितो र सहज बनाउने उद्देश्यले बैंकले टीकाथली शाखा कार्यालय रहेको स्थानमा आजैदेखि एटिएम सेवा पनि सञ्चालनमा ल्याएको छ।

नयाँ शाखा उद्घाटनको अवसरमा बैंकले टिकाथली शाखा का ग्राहकहरूको निमित्त शून्य मौज्दातमै  क्यु आर कोड  निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरो सेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ सेवा, निःशुल्क इन्टरनेट बैंकिङ सेवा, सबै मुद्दती निक्षेपहरुमा मासिक ब्याज भुक्तानी ,कर्जा सेवा शुल्कमा ०.२५५ छुटलगायतका विभिन्न सुविधाहरू प्रदान गर्ने भएको छ।

शाखा विस्तार सँगै उपत्यका र उपत्यकाबाहिर गरी ज्योति विकास बैंकको ११८ वटा शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ६५ वटा एटिएम पुगेको छ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ६ : ४६ बजे

युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित

पेरिस– मध्यपूर्वमा जारी युद्धकाबीच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध

नयाँ पुल निर्माण १० वर्षदेखि अलपत्र, ४५ वर्ष पुरानो ट्रसको मर्मत सुरु

दोलखा– लामासाँघु- जिरी सडक खण्ड अन्तर्गतको तामाकोशी नदिको निर्माणाधीन अलपत्र

इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प

वासिङ्टन डिसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल

रामजी यादव श्रम र गौरीकुमारी यादव उद्योग मन्त्री बन्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुईजना सांसदलाई मन्त्री बनाउने