दैलेखमा राष्ट्रिय धान दिवसको रौनक  (फोटो फिचर) « Khabarhub

दैलेखमा राष्ट्रिय धान दिवसको रौनक  (फोटो फिचर)


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- बुधबार असार १५ अर्थात् १९औँ राष्ट्रिय धान दिवस । धान बालीमा जैविक विविधताको उपयोग आयात प्रतिस्थापनमा सहयोग भन्ने नारासहित देशभर राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाइएको छ ।

दैलेखमा पनि सबै जसो स्थानीय तहहरूले राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव आयोजना गरेका छन् । जिल्लाको नारायण नगरपालिका, आठबीस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका लगायतका स्थानीय तहले आआफ्नो पालिकामा राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवको आयोजना गरी मनाएका छन् ।

यस्तै महाबु गाउँपालिका, भैरवी गाउँपालिका लगायतका गाउँपालिकाहरूले समेत आआफ्नो पालिकामा दिवस मनाएका छन् ।

यता जिल्ला कृषि विकास कार्यालयले पनि नारायण नगरपालिका वडा नम्बर ४ मा कार्यक्रम आयोजना गरेको थियो । धान बालीमा जैविक विविधताको उपयोग : आयात प्रतिस्थापनमा सहयोग भन्ने नारा सहित आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सांसद रवीन्द्रराज शर्मा, दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल लगायतको सहभागिता थियो ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्री स्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

-न्युज कारखाना

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  १० : ०३ बजे

रसुवामा बाढी : स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

रसुवा – जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ

सडक मर्मत गर्दै रसुवा पुग्यो बागमती सरकारको राहत, तीन गाडीमा खाद्यान्न ढुवानी

काठमाडौं– बाढी र पहिरोका कारण सडक सम्पर्क विच्छेद भएको रसुवाको

सरकारले स्रोतको कुनै कमी हुन दिँदैन : अर्थमन्त्री वाग्ले

नुवाकोट – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको उद्धार,

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण