लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राद्यापक शर्मालाई « Khabarhub

लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राद्यापक शर्मालाई


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो वर्षको लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राध्यापक गोपीकृष्ण शर्मालाई प्रदान गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा करिब चार दशक संलग्न रही साहित्य सिर्जना, भाषा, व्याकरण एवं अनुसन्धान क्षेत्रमा विशेष योगदान गरेका शर्माको योगदानको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले बताए ।

सम्मान तथा पुरस्कार यही असार १७ गते प्रदान गरिनेछ । सो अवसरमा ‘लीलाध्वज थापा जीवन काव्य’, ‘विजयध्वज थापा व्यक्ति तथा कृति’ र ‘रहस्य गहिरो छ’ मुक्तक सङ्ग्रहसमेत विमोचन गरिनेछ ।

नेपाली भाषा साहित्यका क्षेत्रमा करिब छ दशकदेखि विशिष्ट योगदान पुर्‍याउँदै आएका शर्माले कविता–काव्य, निबन्ध, समालोचना, सम्पादन, अनुसन्धान, पाठ्यपुस्तक लेखन, शब्दकोष निर्माणलगायत विविध विधाका कृति प्रकाशन गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ११ : ३१ बजे

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम

प्रतिमा गौतम भन्छिन् : केन्द्रीय समिति बैठकमा जाँदैनौँ, वार्ता नमिले नेतृत्व छानेर निर्वाचन आयोग जान्छौँ

काठमाडौं- नेपाली कांग्रेसकी नेत्री प्रतिमा गौतमले वार्ता नमिलेसम्म पार्टी संस्थापनले

सहमतिका लागि गगन–विश्व समूहले राख्यो देउवाको राजीनामासहित यी तीन शर्त

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा

विशेष महाधिवेशन विवाद : कांग्रेस वार्ता समितिको छलफल देउवा निवासमा

काठमाडौं – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन,