लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राद्यापक शर्मालाई « Khabarhub

लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राद्यापक शर्मालाई


१५ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लीलाध्वज थापा साहित्य प्रतिष्ठानले यो वर्षको लीलाध्वज थापा साहित्य सम्मान तथा पुरस्कार प्राध्यापक गोपीकृष्ण शर्मालाई प्रदान गर्ने भएको छ ।

त्रिभुवन विश्वविद्यालयको प्राध्यापन सेवामा करिब चार दशक संलग्न रही साहित्य सिर्जना, भाषा, व्याकरण एवं अनुसन्धान क्षेत्रमा विशेष योगदान गरेका शर्माको योगदानको उच्च मूल्याङ्कन गर्दै पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले बताए ।

सम्मान तथा पुरस्कार यही असार १७ गते प्रदान गरिनेछ । सो अवसरमा ‘लीलाध्वज थापा जीवन काव्य’, ‘विजयध्वज थापा व्यक्ति तथा कृति’ र ‘रहस्य गहिरो छ’ मुक्तक सङ्ग्रहसमेत विमोचन गरिनेछ ।

नेपाली भाषा साहित्यका क्षेत्रमा करिब छ दशकदेखि विशिष्ट योगदान पुर्‍याउँदै आएका शर्माले कविता–काव्य, निबन्ध, समालोचना, सम्पादन, अनुसन्धान, पाठ्यपुस्तक लेखन, शब्दकोष निर्माणलगायत विविध विधाका कृति प्रकाशन गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ११ : ३१ बजे

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन

रवि लामछिानेको रिट ‘हेर्दाहर्दै’ मा, मंगलबार सुनुवाइ हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित अपराध

गतलाङका महिलाको सङ्घर्ष झल्काउने तस्बिर प्रदर्शनी सुरु

काठमाडौं– रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका–३ स्थित गतलाङ गाउँका महिलाको जीवनसंघर्षलाई

ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

चितवन–  यहाँको रत्ननगर नगरपालिका–९ निपनीमा आज ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा