कर्णालीका विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जा पुर्‍याउन समझदारीपत्रमा हस्ताक्षर « Khabarhub

कर्णालीका विद्युत् नपुगेको क्षेत्रमा सौर्य ऊर्जा पुर्‍याउन समझदारीपत्रमा हस्ताक्षर


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – कर्णाली प्रदेशका जाजरकोट, डोल्पा, हुम्ला र मुगुमा सौर्य ऊर्जामार्फत उज्यालो पुर्‍याउन सहकार्य हुने भएको छ।

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र कर्णाली प्रदेश जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको सहकार्यमा विद्युत् नपुगेका ठाउँमा सौर्य ऊर्जामार्फत काम गर्ने सहमति भएको हो ।

ऊर्जा मन्त्री गणेशप्रसाद सिंह र  केन्द्रका कार्यकारी निर्देशक डा मधुसूदन अधिकारीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

जाजरकोटमा विद्युत् नपुगेको नलगाड नगरपालिका भित्रका १० र ११ , छेडागाड नगरपालिका भित्रका २ , ३ ,७ र १० मा, शिवालय गाउँपालिका भित्रका ५, ६ र ७ मा सौर्य ऊर्जा मार्फत विद्युतीकरण गर्ने सहमति भएको छ ।

योभन्दा अगाडी जाजरकोटका नलगाड, बारेकोट, जुनिचाँदे र कुशेमा सौर्य मिनिग्रेटको काम चालु रहेको छ । सौर्य ऊर्जामार्फत १० वर्षसम्म विद्युत् लाइन नपुगेमा पनि घरमा सौर्य ऊर्जा मार्फत सेवा लिन सकिने अवधारण अनुसार काम गर्न मन्त्री सिंहले केन्द्रलाई निर्देशनसमेत दिए ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ६ : ४७ बजे

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ–  आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ