पाँच करोडको भवन निर्माण सकिएसँगै भत्किन थाल्यो  « Khabarhub

पाँच करोडको भवन निर्माण सकिएसँगै भत्किन थाल्यो 


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माण सम्पन्न भएर नसर्दै भत्किन थालेको छ। निर्माण सम्पन्न भएको भन्दै पालिकाले लाखौँ रुपैयाँ खर्च गरेर तामझामका साथ उद्घाटन गरे पनि नसर्दै भवन भत्किन थालेको हो।

गत १२ चैतमा निर्माण सम्पन्न भएको भन्दै गाउँपालिकाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रमुख अतिथिको रूपमा बोलाएर तामझामका साथ भवन उद्घाटन गरेको थियो। गण्डकी प्रदेश सरकार, जिल्ला समन्वय समिति र बारपाक सुलिकोट गाउँपालिकाको साझेदारीमा पाँच करोड १० लाख रुपैयाँको लागतमा भवन निर्माण भएको हो । पालिकाले करोडौँ रुपैयाँ लागतमा निर्माण गरेको भवनमा सरेर कार्य सम्पादन सुरु गरिसकेको छैन।

तर, पालिकाको भवनको दोस्रो तल्लामा चर्किएर पानी छिर्न थालेको छ। छिरेको पानीले भवनभित्रको कोठा तालिएको छ। चर्किएको ठाउँबाट अत्यधिक पानी छिर्न थालेपछि गाउँपालिकाले भित्रबाट पलाष्टिक र बाहिरबाट हरियो कपडाले ओत दिएको छ । यस्तै पिल्लर र ढलान पनि चर्किन थालेको छ । भुईँ तला दबिन थालेको छ ।

‘टाढाबाट हेर्दा मात्रै चिटिक्क हो । भित्र पानी बसेर कोठाभित्रै ताल छ । भुईँ तला पनि केही इन्च दबिएको छ । पिल्लर र भित्ताहरु पनि चर्किन सुरु भइसक्यो । कमिसन नखाई, भ्रष्टाचार नगरी, गुणस्तरीय काम गरेको भए बनिसकेको केही महिना नपुग्दै यस्तो हुन्थ्यो र ?’, नाम नबताउने सर्तमा पालिकाका एक प्रतिनिधिले भने ।

प्रशासकीय भवनका लागि करोडौँ रुपैयाँ खर्च गरे पनि हालसम्म गाउँपालिकाले भाडाको घरबाट सेवा दिइरहेको छ । करोडौँको लागतमा भवन निर्माण गरे पनि प्रयोग गर्न नपाएपछि गाउँपालिकाको लगानी ‘बालुवामा पानी’ जस्तै भएको छ।

कर्मचारीहरू ज्यान जोखिममा राखेर जीर्ण भवनमा सरेर सेवा दिन नसकिने बताउँछन् । भवन निर्माणका लागि नवकान्तिपुर कन्स्ट्रक्सन कम्पनी प्रालिले जिम्मा लिएको थियो । प्रचण्ड भवन उद्घाटन गर्न माउन्टेन एयरको हेलिकप्टरबाट गोरखा आएका थिए । प्रचण्ड सँगसँगै माओवादीका नेता नारायणकाजी श्रेष्ठ, सांसद हरिराज अधिकारी, लगायत जिल्लास्तरीय नेताहरु उपस्थित थिए ।

पालिकाको भवन उद्घाटनमा आए पनि प्रचण्डले स्थानीय निर्वाचन केन्द्रित हुन भन्दै मन्चबाटै कार्यकर्तालाई निर्देशन दिएका थिए । भवन उद्घाटन गर्ने वाहानामा पार्टीका नेताहरुलाई ल्याएर चुनाव लक्षित कार्यक्रम गरेको भन्दै चर्को आलोचना पनि भएको थियो ।
-न्युज कारखानाबाट

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ९ : २० बजे

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ–  आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ