अमेरिकाले आगोसँग खेले खरानी हुने चीनको चेतावनी « Khabarhub

अमेरिकाले आगोसँग खेले खरानी हुने चीनको चेतावनी


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच फोन वार्ता भएको छ।

गए राति भएको दुई घण्टा लामो टेलिफोन वार्तामा चिनियाँ राष्ट्रपति सीले आगोसँग खेले खरानी हुने चेतावनी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बाइडेनले चिनियाँ समकक्षी सीलाई ताइवानमाथि भइरहेको एकतर्फी आक्रमण अमेरिकालाई सह्य नहुने बताएपछि सीले त्यस्तो चेतावनी दिएका हुन्।

त्यसक्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिकालाई एक चीन नीतिको पालना गर्न पनि आग्रह गरेका बताइएको छ। तर अमेरिकाले ताइवानलाई कूटनीतिक मान्यता दिँदैन। उसले स्वशासित ताइवानलाई हतियार बिक्री गर्दै आएको छ।

अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गर्ने योजना सार्वजनिक भएपछि यस विषयमा दुई देशबीच तनाव बढेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ११ : ५६ बजे

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ–  आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ