साफ यु-२० : श्रीलंका र भारत तथा माल्दिभ्स र बंगलादेश भिड्दै « Khabarhub

साफ यु-२० : श्रीलंका र भारत तथा माल्दिभ्स र बंगलादेश भिड्दै


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यु-२० पुरुष साफ च्याम्पियनसिप अन्तर्गत आज दुई खेल हुँदैछन् । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने पहिलो खेलमा आयोजक भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेशबीच भिडन्त हुनेछ ।

नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुने खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा दुबै टोली पहिलो जितको खोजीमा छन् । भारतको यो दोस्रो खेल हो । यसअघि बुधबार भएको खेलमा भारत बंगलादेशसँग २–१ अन्तरले पराजित भएको थियो ।

यता, श्रीलंका पहिलो खेलमा बंगलादेशसँग १-० र नेपालसँग ३-० अन्तरले पराजित भएको थियो ।

यता, दोस्रो खेलमा माल्दिभ्स र बंगलादेश भिड्दैछन् । बंगलादेश लगातार तेस्रो जित निकाल्दै शीर्षस्थानमा उक्लिन चाहन्छ । जितसँगै बंगलादेश शीर्षस्थानमा रहँदै फाइनल नजिक हुन चाहन्छ ।  माल्दिभ्स भने पहिलो जित निकाल्ने दाउमा छ । माल्दिभ्स पहिलो खेलमा नेपालसँग ४-० अन्तरले पराजित भएको थियो । खेल नेपाली समयअनुसार राति सवा ७ बजे सुरु हुनेछ ।

जारी प्रतियोगिता २ खेलबाट समान ६ अंक भए पनि नेपाल गोलअन्तरको आधारमा शीर्षस्थानमा छ भने सामना अंकका साथ बंगलादेश दोस्रो स्थानमा छ । यस्तै भारत, माल्दिभ्स र श्रीलंका अंकविहीन छन् । तालिकाको शीर्ष दुई टोली उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यसअघि यु-१८ र यु-१९ को आधारमा भएको प्रतियोगिता पहिलो पटक यु-२० को आधारमा भएको हो । नेपाल दुई पटकको च्याम्पियन हो भने भारत साविक विजेता हो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : १४ बजे

गायत्री मन्दिर क्षेत्रमा कटान रोकथाम  गर्न काम थालियो

म्याग्दी– जिल्लाको रघुगङ्गा गाउँपालिका–३ स्थित कालीगण्डकी र राहुघाट नदीको दोभानमा

बागलुङमा उत्पादित कागतीले बजार नपाउँदा किसान समस्यामा

ढोरपाटन– पछिल्लो समय बागलुङका किसान कागतीखेतीतर्फ आकर्षित हुँदै गएका छन्

देशलाई थप अस्थिरतातर्फ नधकेल्न निर्वाचनको विकल्प छैन : गृहमन्त्री अर्याल 

मोरङ–  गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा

प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै

वालिङ–  आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई

भावी राजनीतिक आधार : डेमोक्रेटिक–कन्जर्भेटिभ धार 

आज नेपाली जनताले नै ल्याएको भनिएको गणतन्त्र जोगाउन हम्मेहम्मे छ