विद्रोहको बिम्ब 'प्रकाश'  | Khabarhub Khabarhub

विद्रोहको बिम्ब ‘प्रकाश’ 


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता प्रदीप खड्काको अभिव्यक्ति पछिल्लो समय फेरिएको छ । अघिल्लो फिल्महरूमा सुनिने प्रदीप अहिले फरक छन् । ‘प्रकाश’ बनेपछि उनीमा आएको फरकपनलाई अहिले सञ्चारकर्मीले समेत महसुस गरिरहेका छन् । फिल्मको प्रचारप्रसारका लागि पोखरा पुगेका यी अभिनेताले ‘प्रकाश’ समाजको यथार्थलाई चित्रण गर्ने प्रतिनिधि पात्र रहेको बताए । ‘यो जुम्लाको एउटा पात्रको कथा हो । तर, उसको भोगाई र सङ्घर्षसँग अछुतो नेपालको भूगोलमा कहीँ कतै हुनहुन्छ जस्तो लाग्दैन’ प्रदीपले भने । उनले प्रकाशको संघर्ष, भोगाईलाई आफ्नो गाउँ, समाजमा सजिलै महसुस गर्न सकिने बताए ।

चलचित्र पत्रकार संघ नेपालको कास्की शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफूमा आएको बदलाव सुनाए । ‘प्रकाश बनेपछि मैले आफूलाई हिरोसँगै कलाकारको रूपमा समेत बुझेको छु । आँखालाई शीतलता दिने फिल्म गरिरहेको मैले यस पटक मनसम्म पुग्ने फिल्म गर्ने प्रयास गरेको हुँ’ उनले भने । पोखरामै स्क्रिप्ट फाइनल गर्नुका साथै रङ्गकर्मी अनुप बरालसँग अभिनयको प्रशिक्षण समेत लिएका प्रदीपले ‘प्रकाश’ सँग पोखराको कनेक्सन सुनाए ।

उनले आफ्नो स्टारडम मार्फत प्रकाशलाई धेरै दर्शकसम्म पुर्‍याउने लक्ष्य सुनाए । ‘मैले कलाकार बन्न प्रयास गरेको छु । ट्रेलरबाट पाएको प्रतिक्रियाले उत्साहित छु । अब व्यावसायिक पाटोको सफलता बाँकी छ’ उनले भने । उनी आफूलाई हेर्न हलसम्म आउने दर्शकले प्रदीप नभई जुम्लेली प्रकाशलाई महसुस गर्ने बताए । उनी यस पटक स्टारडम भन्दा चरित्रलाई माथि पार्न चाहन्छन् ।

‘फिल्मले मलाई कलाकारिता हेर्ने र बुझ्ने शैलीलाई फरक ढङ्गले महसुस गराएको छ’ प्रदीपले भने । दश वर्षे माओवादी द्वन्द्व पश्चात् सोचिएको परिवर्तन देशका अधिकांश भूभागमा महसुस नभएको उनले बुझेका छन् । उनले आफ्नो अर्ग्यानिक कथाहरूलाई बिस्तारै भन्नु पर्नेमा जोड दिए । उनीसँगै फिल्म प्रचारप्रसारका निमित्त पोखरा पुगेकी दीया मास्केले आफ्नो चरित्र प्रतिनिधि पात्रको रूपमा चित्रण गरिन् । ‘श्रीमान् नभएकी एकल महिलाले भोग्ने पिडा, समाजले हेर्ने दृष्टिकोण र शिक्षित छोराको संघर्षलाई हेरिरहेकी आमाको भूमिका प्रतिनिधि पात्र हुन्’ उनले भनिन् ।

उनले आफ्नो क्यारेक्टरलाई जीवन्त बनाउन स्थानीय रहनसहनलाई एडप्ट गरेको सुनाइन्  । ‘मैले जुम्लामा रहँदासम्म स्नान गरिन। स्क्रिनमा देखिन पार्टलाई कहिले सफा गरिन् । हात, ओठ, गोडा सबै फुटेका थिए।  स्थानीय जीवन बाँचे मात्र पिडा स्क्रिनमा ल्याउन सकिन्छ भनेर यस्तो गरेकी हुँ । किनकि यो एउटा कलाकारले गर्ने सामान्य काम हो’ उनले भनिन् ।

निर्देशक दिनेश राउतले ‘प्रकाश’ समाजसँग जोडिएको फिल्मको रूपमा चित्रण गरे । उनले यसलाई करियरकै उत्कृष्ट फिल्म बन्ने विश्वास व्यक्त गरे । ‘म आफ्नो जनराबाट निस्किएर यसअगाडी प्रसादमा एउटा भुइँमान्छेको कथा भनेको थिएँ। यस पटक कथा भन्ने शैलीमा झनै डुब्ने प्रयास गरेको छु ‘ उनले भने । दिनेशले आफ्नोपन बोकेको कथाहरू व्यावसायिकता जोडेर दर्शकसम्म पुर्‍याउनु पर्ने बताए । ‘कथा हाम्रो अर्ग्यानिक होस् तर व्यावसायिक पनि होस् । किनकि निर्माताको लगानी फिर्ता नभई यस्ता कथाहरू फेरी पर्दामा ल्याउन सकिँदैन’ दिनेशले भने । उनले फिल्म ‘प्रकाश’ त्यही नाम गरेको क्यारेक्टरको सपना, जीवनयात्रा र भोगाई रहेको बताए ।

लेखक विकास सुबेदीले प्रकाशलाई विद्रोहको विम्वको रूपमा व्याख्या गरे । ‘निम्न वर्गीय विभेद नसकिँदासम्म विद्रोह बाँकी नै हुन्छ । शून्यबाट सुरुवात हुने एउटा बिम्बको रूपमा प्रकाशलाई कोरेका छौँ’ उनले भने । बिम्बहरू मिलेर प्रकाश हुने र त्यसले उद्देश्य प्राप्तिको बाटोमा लम्किने उज्यालो यात्रा प्रकाश रहेको उनले बताए । ‘प्रकाशले विद्रोह र उज्ज्वल समाजको कल्पना गर्छ’ उनले भने ।

‘प्रेम गीत’ मार्फत अभिनेताको रूपमा स्थापित बनेका प्रदीप यस पटक प्रकाश बनेका छन् ।अघिल्लो फिल्महरूमा उस्तै भूमिकामा बाहिरी आवरण मात्र परिवर्तन गरिरहेका उनले यस पटक भने आफूलाई परिवर्तन गरेका छन् ।

स्थापित फिल्म ‘प्रेम गीत’ यता उस्तै भूमिकामा दर्शकका प्रिय बनिरहेका प्रदीप यस पटक भने कर्णाली लुक्ससँगै जीविकामा चित्रण छ । उनले एउटा फिल्म र आफ्नो क्यारेक्टरको लागि यतिसम्म मेहनत गरेको पहिलो हो । फिल्ममा अभिनय गर्न भनौँ वा प्रकाश बन्न उनले डेब्यु कलाकार झैँ संघर्ष गरेका छन् । उनले क्यारेक्टरको लागि अडिसन दिए, क्यारेक्टर बाच्न रंगकर्मी अनुप बरालसँग प्रशिक्षण लिए । किनकि उनलाई कथा मन परेको थियो । फिल्ममा उनले जुम्लेली भाषा बोलेका छन् भने उनको लुक्सले विपन्न परिवारको दुःख र पीडा झल्काउँछ । प्रकाशको चरित्रमा आफूलाई ढाल्न उनले तौल घटाउनेदेखि अभिनयको कक्षा समेत लिए । फिल्ममा प्रदीपले जुम्लाको जीवन बाँच्नु पर्ने भएकाले मानसिक रूपमा तयार गर्न आफूले खाली खुट्टा हिँड्ने बानी बसालेका थिए ।

दिनेश राउतको निर्देशनमा तयार फिल्मले एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गरेको छ । विकास सुबेदीको लेखन रहेको फिल्ममा समाज, राजनीति, पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ । आगामी भाद्र १० गतेबाट प्रदर्शनमा आउने फिल्ममा प्रदीपसँगै दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

बिनिस इन्टरटेनमेण्टको ब्यानरमा निर्माण भएको फिल्ममा महेन्द्र अधिकारीको लगानी , राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बू र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पार्श्व संगीत रहेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ५४ बजे

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति

७ हजार बढीले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार ?

 काठमाडौं–  सुनको मूल्य तोलामा सात हजार ५०० ले घटेको छ

जम्मु कश्मीर हमलामा मारिने बुटवलका सुदीप न्यौपाने भएको पुष्टि

काठमाडौं– भारतको जम्मु कश्मीरमा भएको आतङ्कवादी हमलामा मारिने नेपालीको पहिचान

कोशी राजमार्गको भोटखोला खण्ड अवरुद्ध

सङ्खुवासभा– कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको भोटखोला खण्ड पहिरोले अवरुद्ध भएको छ

नेरुडे मिर्मिरे लघुवित्तले बोनस नदिने 

काठमाडौं– नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–८१