करेन्ट लागेर भक्तपुर र झापामा एक-एक जनाको मृत्यु « Khabarhub

करेन्ट लागेर भक्तपुर र झापामा एक-एक जनाको मृत्यु


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भक्तपुर र झापामा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–२ स्थित निर्माणाधीन घरको रड काट्ने क्रममा मेशिनबाट करेन्ट लागेर रामेछाप घर भएका २६ वर्षीय रोसन बिकको बिहीबार मृत्यु भएको छ ।

करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको कोरियन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । झापाको भद्रपुर नगरपालिका–७ बस्ने ४० वर्षीय भोटलाल गणेश राजवंशीको करेन्ट लागेर बिहीबार मृत्यु भएको  छ ।

मेचीनगर नगरपालिका–४ स्थित खोल्सीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेची अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  १२ : ५० बजे

पर्यटन बोर्डले मनायो २७औँ स्थापना दिवस, नेपाल-आसियान पर्यटन वर्ष २०२६ घोषणा

काठमाडौं– नेपाल पर्यटन बोर्डले आफ्नो २७औँ स्थापना दिवसको अवसरमा ‘नेपाल–आसियान

गाजाको मानवीय अवस्थाप्रति विश्वव्यापी चिन्ता

एजेन्सी– क्यानडा, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, आइसल्याण्ड, जापान, नर्वे, स्वीडेन, स्विट्जरल्याण्ड

‘अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि कूटनीतिक पहल आवश्यक’ 

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित

माली र बुर्किना फासोद्वारा अमेरिकी नागरिकमाथि प्रतिबन्ध

एजेन्सी – माली र बुर्किना फासोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा

पुसभित्र विशेष महाधिवेशन गर्ने बाटोमा अगाडि बढ्याैँ : कांग्रेस महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा