'अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सरकार प्रतिबद्ध' | Khabarhub Khabarhub

‘अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा सरकार प्रतिबद्ध’


१३ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले देशको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । २८औँ कार्गो दिवसको अवसरमा कार्गो व्यवसायीको सङ्गठन नेपाल फ्रिट् फर्वाड्र्स् एशोसिएशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले कोभिड महामारीको असहज परिस्थितिमा पनि अग्रपङ्तिमा रहेर आपूर्ति व्यवस्था सहज तुल्याउन कार्गो व्यवसायीले खेलेको भूमिका सराहनीय रहेको उल्लेख गरे।

उद्योगमन्त्री बडूले कोभिड–१९ महामारी र पछिल्लो रसिया र युक्रेनबीचको युद्धको प्रभावले ‘लजिष्टिक’ लागत बढेको र गन्तव्यसम्म पुर्‍याउन पनि समय लागिरहेको भन्दै यी समस्या निराकरणका लागि सरकारले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।

उनले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि नीतिगत सुधारका काम भइरहेको, नेपालको ‘लजिष्टिक पोलिसी’ को मस्यौदा मन्त्रिपरिषद्मा पुगेको तथा नेपाल उद्योग वाणिज्य महासङ्घको ‘भिजन–२०३०’ मा ल्याएका केही विषय मन्त्रालयले आगामी हप्ता एमओयू गर्ने तयारीमा रहेको जानकारी दिए ।

मन्त्री बडूले निर्यात तथा आयातका सामानको ढुवानीसँग सम्बन्धित सम्पूर्ण कार्यको व्यवस्थापन, कम लागत, कम समय र समस्यारहित ढङ्गले कार्गो व्यवसायीले गरेको कामको प्रशंसा गरे। उनले भने, ‘कार्गो व्यवसायीले निकासी व्यापारलाई सहज, सुगम र मितव्ययी रुपमा ढुवानी गरी समयमै गन्तव्यमा पुर्‍याउन सहजीकरण गर्दै आएको छ, त्यसबाट सम्पूर्ण निकासी पैठारीकर्ता लाभान्वित हुँदै आएका छन् । जसले नेपालको निकासी व्यापार वृद्धि हुने तथा आयात व्यापारको लजिष्टिक लागत कम भई उपभोक्ता मूल्य वृद्धिको चापलाई कम गर्न सहयोग पुग्नेछ ।’

उद्योगमन्त्री बडूले भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि शीघ्र सञ्चालनको तयारीमा रहेको र काठमाडौँ–निजगढ द्रूतमार्गको निर्माणकार्य पनि प्रगति भइरहेको भन्दै यी पूर्वाधारहरूले लजिष्टिक व्यापार व्यवसायको विकास र विस्तार एवं अन्तर्राष्ट्रिय व्यापार सहजिकरणमा प्रत्यक्ष योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

उनले विशेषगरी चोभारमा सुक्खा बन्दरगाह र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक रुपमा कार्गो सेवा सञ्चालन गर्न कार्गो व्यवसायीको महत्वपूर्ण सक्रिय सहयोगको पनि सरकार अपेक्षा गर्दछ भने। देशमा रहेका उद्योगधन्दा, दैनिक आवश्यकताका सामानसमेत आयात गर्नुपर्ने बाध्यता रहेको, विभिन्न उद्योगको स्थापना गर्न चाहिने सामान उपकरण आयात गर्नुपर्ने भएकाले देशमा आयात निरन्तर रुपमा वृद्धि भइरहेको उनको भनाइ थियो ।

कार्यक्रममा उद्योग मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले उद्योग व्यवसाय प्रवर्द्धनका लागि सरकार निजी क्षेत्रसँग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताए । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले कोभिड महामारीपछिको तरलता अभावले उद्योग व्यवसायमा समस्या उत्पन्न भएको तथा मौद्रिक नीतिले झनै बैंकको ब्याजदर बढाएको भन्दै लजिष्टिक लागत घटाउनेतर्फ ध्यान दिन अनुरोध गरे ।

प्रकाशित मिति : १३ श्रावण २०७९, शुक्रबार  ४ : ५४ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो